मनकामनालाई विश्व सम्पदा सुचिमा सुचिकृतका लागी पहल गर्ने

मनकामनालाई विश्व सम्पदा सुचिमा सुचिकृतका लागी पहल गर्ने


आइतवार, असार १०, २०८१


मनकामनालाई विश्व सम्पदा सुचिमा  सुचिकृतका लागी पहल गर्ने

शहिद लखनको नीति तथा कार्यक्रम

गोेरखा ः शहिद लखन गाउँपालिकाले मनकामना मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न पहल गर्ने भएको छ ।



शुक्रबार गाउँपालिका अध्यक्ष रमेश थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मनकामना, बक्रेश्वरी, तोरेनगढी, तिनमाने, चुलेभिर, लखन थापा स्मारक हुँदै गोरखा कालिका सम्मको पदमार्ग विकास गर्ने नीति लिएको बताए । गुन्द्री, चकटी, मान्द्रो, डोको, थुम्से बुन्ने, हलो, कुटो, कोदालो तयारी गर्ने जस्ता रैथाने परम्परागत स्थानीय सीपको विकास र प्रबद्र्धनमा जोड दिने पनि उनले बताए । स्थानीय र परम्परगत रुपमा कार्य गर्दै आइरहेका आरन, सिलाइ, बुनाई तथा ढाका कपडा उत्पादन जस्ता कार्यलाई घरेलु उद्योगको रुपमा विस्तार गर्दै लग्ने पनि शहिद लखन गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ । पालिका भित्रका मुख्य मुख्य सडक ए श्रेणीलाई कालोपत्रे गर्ने र वि श्रेणीका सडकलाई गुणस्तरीय ग्रावेल गर्ने साथै अन्य सडकलाई स्तरोन्नति गर्ने निती लिइएको छ । गाउँपालिकालाई पृथ्वीराजमार्ग सँग जोड्नको लागि त्रिशुली नदीमा मोटरेवल पुल निर्माणको लागि आवश्यक पहल गर्ने, गाउँपालिका भित्रका सम्पूर्ण घर अभिलेखीकरण व्यवस्थापन गर्ने, सामजिक सुरक्षा र व्यक्तिगत घटना दर्तालाई थप प्रविधिमैत्री बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । शहिद लखन समृद्धिको लागि ‘नियमित तिरौं कर तिरेको कर विकास मार्फत फर्किन्छ घरघर’ भन्ने मान्यताका साथ करदाता शिक्षा कार्यक्रम र घुम्ती सेवा संचालनमा जोड दिने, गाउँपालिका स्थायी बसोबास गरी गोरखा क्याम्पस, द्रव्यशाह क्याम्पस, सर्वशान्ति माध्यामिक विद्यालय तथा रामशाह माध्यमिक विद्यालय र आँबुखैरेनी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु का लागि प्रोत्साहनमूलक व्यवस्था गर्ने पनि नीति लिइएको छ । विद्यालयलाई हरियालीयूक्त विद्यालय बनाउने कार्यक्रमलाई निरन्तरता दिदै विद्यालयमा अम्रिसो असुरो सिमलि जस्ता बहुप्रयोगमा आउने र पर्यावरणलई समेत फाइदा यु¥याउने प्रकारका बृक्षारोपण कार्यक्रममा उत्पादन दिने खालका विरुवा रोपणमा विशेष ध्यान दिने पनि अध्यक्ष थापा मगरले बताए । सबै विद्यालयहरुलाई क्रमश प्रविधिसँग जोडन एक विद्यालय एक ल्यापटप तथा प्रिन्टर्स वितरण कार्यक्रम लागू गर्ने, निजी विद्यालयका विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउन प्रोत्साहित गर्ने, विद्यालयहरुलाई प्रति विद्यार्थीका आधारमा अनदान दिने व्यवस्थालाई निरन्तरता दिने पनि गाउँपालिकाले जनाएको छ । विद्यालयको पढाइसँगै सीपलाई जोड्नको लागि एक विद्यार्थी एक सीपको कार्यक्रम संचालन गर्ने, उक्त सीपलाई दिवा खाजा कार्यक्रममा टेवा पुग्ने गरी विद्यालयलाई टनेल सहित व्यवसायिक खेती गर्नका लागि प्रोत्साहन गर्ने नीति पनि लिइएको छ । साथै दिवा खाजालाई समुदायसँग जोड्न स्थानीय खाद्यान्न तथा रैथाने बालीलाई प्रोत्साहित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनले पनि उनले बताए । उद्यमीहरुलाई व्यवसाय संचालन गर्नको लागि सहुलियतपूर्ण ऋणको लागि बैंकहरुसँग सहकार्य गर्ने, शहिदलखन गाउँपालिका पर्यटकीय क्षेत्र चिनाउने उदेश्यले टुरिष्ठ गाइड तालिम गर्ने, महिलाको भुमिकालाई नेतृत्वमा विकास गर्न एक वडा एक महिला सहकारी स्थापना गरी महिला सशक्तिकरण गर्ने निति लिने, लखन किल्लामा प्रथम जनविद्रोहका सबै शहिद तथा योद्धाहरुको संग्रहालय र स्मारक बनाई जनस्तरमा उनीहरुको योगदानबारे परिचित गराउने नीति पनि गाउँपालिकाले लिएको छ । पुरातात्विक महत्व बोकेको प्रथम शहिद लखन थापा मगरको किल्ला, प्रसिद्ध धार्मिक तथा सांस्कृतिक तीर्थस्थलहरु मनकामना माईको मन्दिर, त्रिवेणी मन्दिर, बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, हिमालयमाई मन्दिर, अलाङ्दी माईको मन्दिर, भीमविरेश्वर महादेव, जलकन्या माईको मन्दिर, शहिद लखन गुफा, कोटकाली, थानीथान, सन्तानेश्वर महादेवको मन्दिर, मकैपुर बौद्धनाथ गुम्बाको गुरुयोजना अनुरुप योजना सञ्चालन गर्न विशेष पहल गर्ने, साथै उक्त पुरातात्विक धार्मिक तथा सांस्कृतिक तीर्थस्थलहरुमा पुग्ने सडक स्तरोन्नतिका लागि पहल गर्ने पनि उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda