एक वडा एक उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने
एक वडा एक उत्पादन पकेट क्षेत्रको रुपमा विकास गरिने
भिमसेन थापाको नीति तथा कार्यक्रम
गोेरखा ःभिमसेन थापा गाउँपालिकाले प्रत्येक वडालाई एकवडा एक उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ । आइतबार गाउँपालिका अध्यक्ष लोक प्रसाद वञ्जराले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अवको ५ वर्षमा फलफुल, तरकारी र खाद्यान्नमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने, थप नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम संचालन गर्दै बाली विमा कार्यक्रमलाई प्राथमिकता दिई पुर्ण बाली विमा गाउँपालिका तर्फ उन्मुख गर्ने नीति अवलम्वन गरिने बताए ।
‘गाउँपालिकाको जोड वाह्रै महिना रोड’ कार्यक्रम वडा देखि पालिकाको केन्द्र सम्म र वडामा वाह्रै महिना सडक सुचारु हुन सक्ने गरि स्तरोउन्नती गर्ने, सडकको क्षेत्रधिकार भित्रका घर टहराहरु हटाउने र दुर्घटना मुक्त क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई अवलम्वन गर्ने पनि गाउँपालिकाले नीति तथा कार्यक्रममा समेटेका छ । प्रत्येक वडामा सहकारी मोडेलमा कष्टम हायरिङ्ग सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइने, कृषि उत्पादन वृद्धि गर्नका लागि माटो परिक्षण, उपचार विधि, किट वक्स तथा मोवाइल घुम्ति शिविरबाट माटो परिक्षणको ब्यवस्था मिलाइने नीति लिएको छ । बेरोजगार, विदेशबाट फर्केका युवायुवतीलाई स्वरोजगार तथा ब्यवसायीक उद्यमी बनाउने उदेश्यलाई वैकहरुसँग समन्वय गरी उद्यमशील हुने बातावरण निर्माण गर्ने, कृषि एपको प्रभावकारी कार्यान्वयन गरी कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, पालिका भित्र रहेका सवै कृषि तथ्याङ्क संकलन तथा किसान सुचिकरण कार्यलाई पुर्णता दिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । बाँझो जग्गा जमिनमा खेतीगर्ने कृषकलाई प्रदेश सरकार सँग समन्वय गरी अनुदान प्रोत्साहन, खाली जमिनलाई पुर्ण उपयोग गर्ने गरी कार्यक्रम अघि वढाइने पनि नीति लिइएको छ । जग्गा वाँझो राख्न नपाइने, उपयोगमा नआएका जग्गा जमिनलाई चक्लावन्दी, पकेट क्षेत्र, क्लष्टर बनाई कृषिको लागि प्रयोग गर्न अभिप्रेरीत गर्ने पनि उनले बताए । एक घर एक मौरी घार तथा ब्यवसायिक मह उत्पादन गर्न मौरी प्रवद्र्धन कार्यक्रम संचालन गरी महमा पालिकालाई आत्मनिर्भर बनाउने नीति पनि पालिकाले लिएको छ । किसानहरुका लागि तत्कालका लागि मात्र नभएर आफ्नै उत्पादन मार्फत संस्थागत गर्दै पेन्सनको रुपमा उपयोग गर्ने गरी किसान पेन्सन वचत योजना संचालन गर्न आवश्यक पर्ने विशेष योजना कार्यान्वयन गरि त्यसको ब्याज र लगानीबाट प्राप्त प्रतिफललाई किसान पेन्सनको रुपमा कार्यन्वयन गर्ने प्रक्रिया थालनी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । बाख्रा तथा भैसीको पकेट क्षेत्र घोषणा गरी आवश्यक माउ, प्रविधि र ब्याडको ब्यवस्था गर्ने, स्थानीय कच्चा पदार्थमा आधारीत उद्योगको स्थापना गर्न प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । मनास्लु पदमार्गमा जाने पर्यटकलाई कम्तिमा एक दिन भिमसेन थापा गाउँपालिकामा बास वस्ने गरी पर्यटकीय पुर्वाधारको विकास एवं विस्तर र पर्यटन ब्यवसायी सँग समन्वय गर्ने, एक वडा एक पर्यटकीय स्थल र अन्तर वडा पर्यटकीय सञ्जालको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘गाउँपालिकाको इच्छा, वुहारीलाई शिक्षा’ भन्ने नाराका साथ पालिका भित्र विवाह गरेर आउने बुहारीलाई स्थानीय विद्यालयमा उच्च शिक्षा सम्म अध्ययन गर्न छात्रवृत्तिको नितिलाई निरन्तरता दिन पनि उनले बताए । दिवा खाजामा आफ्नै करेसावारी, स्थानीय स्वास्थ्य वद्र्धक पौष्टिक खाजा र खाना ब्यवस्था गर्न विद्यालय र अभिभावकलाई प्रोत्साहित गर्ने, कक्षा १ देखि ५ का लागि भिमसेन थापाको सेरोफेरो नामक पाठ्यसामाग्री निर्माण गरी कार्यन्वयनमा लगिने र ६ देखि ८ को स्थानीय पाठ्यक्रम र पाठ्यसामाग्री निर्माणलाई अघि वढाउने पनि जनाइएको छ । विद्यालयमा स्वच्छ खनानेपानीको ब्यवस्था, प्लाष्टिक तथा जंगफुडको पुर्ण निषेधित क्षेत्र घोषणा, अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण तथा एक विद्यालय एक वगैचा र करेसावारी कार्यक्रमलाई कार्यन्वयन गर्ने, आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान चलाई नागरिकलाई स्वंयसेवी बनाउन हरेक महिनाको १ गते जनसेवा कार्यक्रम संचालन गरिने, एक घर दुइ रुख तथा एक घर दुइ गमला अभियानको रुपमा गरी प्रभावकारी रुपमा कार्यन्वयन गरिने, आकाशे पानी संकलन गरि सुख्खा क्षेत्रमा तरकारी खेती लगायतका लागि एक वडा एक पानी पोखरी कार्यक्रम संचालन गरिने, आँखा सेवा केन्द्रलाई थप ब्यवस्थित बनाइने, पोषण अवस्थामा सुधार गर्न गर्भवती सुत्केरी तथा २ बर्ष मुनीका बालवालिका र किशोरीका लागि पोषण विशेष कार्यक्रम संचालन गर्ने पनि उल्लेख छ ।