जवरजस्ती करणीका आरोपित पुर्पक्षका लागि थुनामा
जवरजस्ती करणीका आरोपित पुर्पक्षका लागि थुनामा
गोरखा – १६ बर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेन थापा गाउँपालिका–२ का ४५ बर्षिय कृष्ण प्रसाद सोडारी पुर्पक्षका लागि कारागार थुनामा पठाइएको छ ।
जेठ १६ गते एक्लै वारीमा घाँस काट्दै गरेको अवस्थामा डर त्रास धाक धम्की देखाई जवरजस्ती करणी गरेको भन्दै पिडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा आरोपित पक्राउ परेका थिए । सोमबारको अदालतको आदेशले आरोपितलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको हो ।