विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
गोरखा ः गोरखा घर भई वेलायत तथा अमेरिकामा रहेका युवाहरुले भिमसेन थापा गाउँपालिका स्थित झिँगटेको ध्रुबज्योति आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
१ लाख ३१ हजार रुपैयाँ वरावरको शैक्षिक सामाग्री सहयोग गरिएको हो ।गाँउपालिकाको उपाध्यक्ष अमृता वस्तीको समन्वयमा अमेरिकामा अध्ययरत सतिस वस्ती र उनका बेलायत वस्ने साथीहरु रविन श्रेष्ठ, रविना तामाङ्ग र पारस गुरुङको आर्थिक सहयोगमा उक्त विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराएको हो । सोमवार एक कार्यक्रम विच गाँउपालिकाको उपाध्यक्ष वस्तीले विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरीन् । विद्यालयका १०९ जना विद्यार्थीहरुलाई झोला, कापी, कलम, २ जना विद्यार्थीको लागि विद्यालय पोशाक उपलब्ध गराएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले वताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मञ्जुर मियाँको अध्यक्षामा कार्यक्रम भएको थियो ।