गोरखा भ्रमण वर्ष घोषणा गर्ने, हलगोरु पाल्ने किसानहरुलाई प्रोत्साहन

गोरखा भ्रमण वर्ष घोषणा गर्ने, हलगोरु पाल्ने किसानहरुलाई प्रोत्साहन


मङ्लबार, असार १२, २०८१


गोरखा भ्रमण वर्ष घोषणा गर्ने, हलगोरु पाल्ने किसानहरुलाई प्रोत्साहन

गोरखा ः गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०८१’ घोषणा गरि पर्यटन सम्वन्धि विविध कार्यक्रम संचालन गर्ने भएको छ । ‘गोरखा जहाँ इतिहास जीवित छ’ भन्ने मूल नाराका साथ गोरखा भ्रमण बर्ष घोषणा गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सोमबार गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गोरखाको ऐतिहासिक ठूलो आँगन, पोखरीथोक, धारापानी, छिपीटोल, पाटेचौर आदि क्षेत्रमा रविन्द्र पुरी फाउण्डेशन लगायतका संघ संस्थासँगको सहकार्यमा सम्पदा वस्ती निर्माणको थालनी गर्ने, गोरखा नगरपालिकासँग भगिनी सम्वन्ध रहेको धादिङ जिल्लाको निलकण्ठ नगरपालिकामा रहेको महत्वपूर्ण धार्मिक स्थल निलकण्ठेश्वर महादेवको प्रतिमूर्ति सहितको पार्क स्थापना गर्ने उल्लेख छ । गोरखनाथ देखि गोरखपुर सम्म को परम्परागत खिचडी यात्रा कार्यक्रमलाई निरन्तरता दिने, भाषिक धार्मिक र जातीय विविधतालाई ध्यान दिँदै साँस्कृतिक महत्व बोकेको चुड्का (कौरा) सोरठी, घाटु, भजन, बालन, मारुनी नाच, लाखे नाच, धिमे बाजा, पन्चेबाजा, कख, सवाइ, सारङ्गी, म्हेन्दोमाया जस्ता गीत नृत्यहरुको संरक्षण गर्ने, शैक्षिक गुणस्तर र सुधारका लागि ‘कक्षा १ बाट नै गरौं, जग बलियो बनाऔं’ भन्ने नाराका साथ आधारभूत तहको पठन पाठनको विशेष योजना बनाएर लागू गर्न विद्यालयलाई प्रोत्साहन गर्ने, विद्यालयमा जङकफुड विक्रि वितरण निरुत्साहित गर्दै विद्यालयको दिवा खाजा स्थानीय उत्पादनमा जोड दिइने तथा स्थानीय टोल, समुह वा विद्यार्थीको अभिभावकहरुबाटै व्यवस्थापन गरिने पनि नीति लिएको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति शिक्षक कर्मचारी, जनप्रतिनिधि लगायतका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति कार्यान्वयनलाई अनिवार्य गर्ने, बजार क्षेत्रका विद्यालयहरुलाई एकीकृत गरी मेघा विद्यालय सन्चालन गर्ने, विरामीको चापलाई मध्यनजर गर्दै हाल सन्चालनमा रहेका स्वास्थ्य चौकीहरुको सेवालाई गुणस्तरीय बनाउन चिकित्सकीय सेवालाई विस्तार गरिने र हाललाई तारानगर स्वास्थ्य चौकीहलाई आधारभूत अस्पतालको रुपमा स्तरोन्नति गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । एक शव बाहनको व्यवस्था गर्ने, एक वडा एक उत्पादन टोलटोलको विशेष पहिचानको नीतिलाई थप रिणाममुखी बनाइ व्यवसायिक उत्पादनको नीति लिने, एक खेत एक व्यवस्थित मुहान सहितको सिंचाई कुलो निर्माण गर्ने, खेतीयोग्य जमीनलाई बाँझो राख्रे प्रवृत्तिलाई निरुत्साहित गर्दै व्यवसायिक खेती गर्न चाहने किसानलाई जग्गा भाडा अनुदानको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । सुत्केरी गाई भैंसीका लागि मिनरल तथा क्याल्सियम वितरणको व्यवस्थालाई निरन्तरता दिने, बाँदर नियन्त्रणको लागि विशेष योजना सन्चालन गर्ने, स्थानीय जातका पशुहरुको नस्लसुधार, कृतिम गर्भाधान, उन्नत पशु व्याड अनुदान कार्यक्रमहरुलाई निरन्तरता दिने पनि उनले बताए । रैथाने बालीको संरक्षण गर्दै उन्नत जातका बालीहरुको व्यवसायीकरणमा जोड दिने, हलगोरु पाल्ने किसानहरुलाई प्रोत्साहनको व्यवस्था गर्ने, स्वदेश तथा विदेशका विभिन्न उद्योगबाट आयातित महङ्गो र स्वास्थ्यको निम्ति हानिकारक मदिरालाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादन हुने कोदो लगायतका रैथाने बालीबाट तयार हुने स्थानीय मदिरालाई ब्राण्डीङ गरी रोजगारी र आय आर्जनमा जोड दिने नीति पनि नगरपालिकाले लिएको छ । गोरखा गरपालिका भित्रको निर्माण मजदुरहरुलाई प्रोत्साहन गर्न आयातित मजदुर विस्थापित गर्न र स्थानीय रोजगार बृद्धि गर्न निर्माण मजदुरहरुलाई आवश्यक टुलबक्स वितरण तथा तालिम कार्यक्रम सन्चालन गर्ने, एक वडा एक सडकलाई प्राकृतिक श्रोत साधन उपयोग गरी सडक स्तरोन्नति गर्दै लाने, सामुदायिक बनमा गोरखा आयुर्वेद कम्पनी तथा सम्वन्धित संघसंस्था र वन कार्यालयहरुको सहयोगमा सैह्रकाष्ठ वन पैदावार कार्यक्रम लागू गर्ने, नगरभित्रका मुख्य मुख्य सडकको दायाँ बायाँ बृक्षारोपण गरी हरियाली प्रवद्र्धन गर्न जोड दिने, स्वागतको लागि खादाको प्रयोगमा बन्देज गरी स्थानीय फुलको प्रयोगलाई मान्यता र बढवा दिने नीतिलाई निरन्तरता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्लाष्टिकका झोलाको प्रयोगलाई बन्देज लगाइने, कपडाको झोला प्रयोग गर्ने बानीको विकास गर्ने, नगरपालिकाको समग्र सेवा प्रवाह विस्लेषण गर्न सामाजिक परीक्षण सार्वजनिक परीक्षण सार्बजनिक सुनुवाई लैङ्गिक उत्तरदायी बजेट परीक्षण लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्ने, महत्वपूर्ण सार्वजनिक क्षेत्रमा फ्रि वाइफाइ जोन निर्माण गर्ने, वजार क्षेत्रमा पर्यटकीय सुचना केन्द्र स्थापना गर्ने, पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै नगर सभामा आगामी आर्थिक वर्षका लागि ९८ करोड ४६ लाखको आय अनुमान पनि पेश गरिएको छ । अन्तरसरकारी वित्तिय हस्तान्तरण, राजस्व र रोयल्टी वाँडफाँड, आन्तरिक आय लगायतका आयलाई आधार मानेर बजेट प्रस्तुत गरिएको हो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda