बारपाक सुलिकोटको वजेट ६१ करोड ८७ लाख

बारपाक सुलिकोटको वजेट ६१ करोड ८७ लाख


बुधबार, असार १३, २०८१


बारपाक सुलिकोटको वजेट ६१ करोड ८७ लाख

गोरखा ः बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६१ करोड ८७ लाख ३ हजारको वजेट ल्याएको छ ।

सोमबार १५ औँ गाउँसभामा वजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सनमायाँ गुरुङले सङ्घीय सरकारको सशर्त अनुदान २५ करोड १६ लाख, संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १३ करोड २८ लाख, समपुरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान २ करोड ५० लाख र राजस्व बाँडफाँड १० करोड ५७ लाख रहेको जानकारी गराइन् । यसै गरी गण्डकी प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान १ करोड ८६ लाख ९३ हजार, राजश्व बाँडफाँड वापत ८० लाख २० हजार, समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख, आन्तरिक आय १ करोड ५२ लाख रहेको जानकारी गराइएको छ ।



पालिकाले विषयगत क्षेत्र अन्तर्गत पुर्वाधार विकास क्षेत्र तर्पm २३.३५ प्रतिशत, आर्थिक विकास क्षेत्र तर्पm १५.२७ प्रतिशत, सामाजिक विकास क्षेत्र तर्पm २८.७५ प्रतिशत, वन वातावरण तथा विपद क्षेत्र तर्पm २.७५ प्रतिशत, संस्थागत तथा सुशासन क्षेत्र तर्पm २.५० प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक २६.९८ प्रतिशत बजेट विनियोजन भएको जनाएको छ । ढोडेनी सौरपानी सडकका लागि संघीय सरकारले समपुरक अनुदानका १ करोड ५० लाख र गाउँपालिकाले थप १ करोड ५० लाख विनियोजन भएको छ ।

चनौटे–तामालाबोट–पाल्खु खण्ड सडक कालोपत्रे ,वडा नं ५ र ६ को लागि प्रदेश सरकारले समपुरक अनुदानको ६० लाख र गाउँपालिकाले ४० लाख, आर्थिक, सामाजिक, पूर्वाधार, वन वातावरण र संस्थागत विकासका लागि ८ वडाको लागि जम्मा ४ करोड २१ लाख बजेट विनियोजन भएको छ । कृषि क्षेत्रको समग्र विकास, कृषि तथा पशुपन्छी बजारीकरण, रैथाने वाली प्रवद्र्धन, मकै वाली प्रवद्र्धन, उन्नत बीउ वितरण कार्यक्रमका लागि शसर्तमा ३० लाख ३१ हजार र निशर्तमा ५८ लाख ४० हजार वजेट विनियोजन गरिएको छ ।

पशु विकास क्षेत्रमा शसर्त तर्पm ५ लाख ९२ हजार र निशर्त तर्पm ७९ लाख २२ हजार शिक्षा तर्फ शसतबाट १६ करोड ८६ लाख ८६ हजार प्राप्त भएकोमा शैक्षिक गुणस्तर सुधार, वैकल्पिक शिक्षण विधि, प्रविधिमैत्री र शैक्षिक पूर्वाधर विकास तथा विद्यालयको शैक्षिक गुणस्तर विकास लगायत शिक्षा क्षेत्रको नियमन र व्यवस्थापनको लागि निशर्त तर्फ २ करोड ९६ लाख ८३ हजार विनियोजन भएको सभामा जानकारी गराइएको छ ।

ढोडेनी सौरपानी सडक स्तरउन्नति को लागि १ करोड २ लाख, झाँक्रिचोक धारापानी देउरालि सडक स्तरउन्नतिको लागि ६४ लाख, चनौटे तामालाबोट पाल्खु सडक स्तरउन्नतिको लागि ३३ लाख, मसार डाँडागाउँ सडकको लागि १८ लाख, राम्चे तिनखण्डे सडकको लागि ४९ लाख, राङ्गरुङ पोखरी रञ्चोक सडकको लागि ४० लाख विनियोजन भएको छ ।

वडा नं १ को सुविधा केन्द्रसम्मको बाटो, वडा नं २ को रुतुका–अलगाउँ–स्यमेर वस्ती जोड्ने सडक, वडा नं. ३ को खारचोक भन्ज्याङ माझ्थर सडक, वडा नं. ४ को धुन्चोकटार अर्चले सौरपानी सडक, वडा नं. ५ को जलविरे आरुखर्क सडक, वडा नं. ६ को पाल्खु सडक, वडा नं. ८ को जरांग डाँडा देखि रम्तेल गाउँ जोड्ने सडक पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । संघीय तथा प्रदेश सरकारबाट बजेट सिमा घटेर आएको पनि उनले बताइन् ।

दिल वहादुर रम्तेलको स्मृति पार्क निर्माणका लागि ३६ लाख, गाउँपालिकाको पुर्वाधार निर्माणका लािग ४० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिकाको साझेदारीमा स्थानीय श्रमीकहरुको उच्च सहभागीता हुने आयोजनाहरुको कार्यन्वयनका लागि ३९ लाख ६१ हजार विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ३ करोड ८४ लाख ७९ हजार वजेट प्राप्त भएको पनि सभामा जानकारी गराइएको थियो । विशेष अनुदान अन्तरगत पोषणमैत्री गाउँपालिका कार्यक्रमका लागि दुइ करोड ५० लाख विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष विनियोजन भएको वजेट मध्ये ११ महिनाको अवधिमा चालु तर्फ ६२.०४ प्रतिशत र पुँजीगत तर्फ ४४.७६ प्रतिशत गरीसमग्र प्रगति ५७.०८ प्रतिशत रहेको पनि सभामा जानकारी गराइएको छ । यस वर्ष संघीय तथा प्रदेश सरकारबाट बजेटको सिमा घटेर आएको पनि जानकारी गराइएको थियो । संघ तथा प्रदेशबाट समानिकरण अनुदान तर्फ २६ प्रतिशत अनुदान घटेर आएको पनि उनले बताइन् ।
.


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda