जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण
जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण
गोरखा ः गोरखा नगरपालिका–८ का जेष्ठ नागरिकलाई सहायता सामाग्री वितरण गरिएको छ । मंगलबार रानीस्वाँरा स्वास्थ्य चौकिको आयोजना जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य घुम्ती शिविर तथा सहायता सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिविरमा ६० वर्ष उमेर कटेका ६८ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण भएको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य स्थिति बुझ्ने तथा स्वास्थ्य समस्या देखिएकाहरुलाई औषधिहरु वितरण गरिएको वडा नम्वर ८ का अध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । उत्त कार्यक्रमका लागि वडाले एक लाख वजेट छुट्टाएको थियो ।
शिविरमा २१ जनालाई सहायता सामाग्री वितरण गरिएको पनि उनले बताए । हीडडुलमा सहजताका लागि लठ्ठी वितरण गरिएको हो । मंगलबारबाट शुरु शिविर १४ गते सम्म चल्ने उनले बताए ।
बुधबार (आज) ढुङगाडे स्थित जेष्ठ नागरीक पार्क, १३ गते आमडाडा सामुदायक भवनमा शिविर सन्चालन हुने उनले बताए । शिविरमा सहभागी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका लागि डा. गुणराज लोहनी लगायतको सहभागीतना रहेको छ ।