गोरखा नगरपालिकाको न्यायीक समितिमा ११ महिनामा ४१ वटा निवेदन
गोरखा नगरपालिकाको न्यायीक समितिमा ११ महिनामा ४१ वटा निवेदन
गोरखाः गोरखा नगरपालिकाको न्यायीक समितिमा चालु आर्थिक वर्षको जेठ सम्म ४१ वटा निवेदन दर्ता भएका छन् ।
जिम्मेवारी सरेर आएको २४ वटा र चालु आर्थिक वर्ष दर्ता भएको ४१ गरि ६५ वटा निवेदन रहेको थियो । ति मध्ये १६ वटाको फस्र्यौट तथा मिलापत्र भएको, ७ वटा निरुपण गरिएको, १२ वटा तमेली, १० वटा प्रक्रियामा रहेको सोमबारको नगरसभामा नगर उपप्रमुख मसली मायाँ थोकरले जानकारी गराएकी छिन् । त्यस्तै ३ वटा निवेदन फिर्ता र १७ वटा अन्यत्र पठाइएको पनि जानकारी गराइएको छ ।
न्यायीक समितिमा प्राप्त उजुरीमा जग्गा विवाद, रकम लेनदेन सम्वन्धी विवादका अधिकाशं उजुरी छन् । विवादको दोस्रो पक्ष मेलमिलाप केन्द्र तथा न्यायिक समितिको सम्पर्कमा नआाएकाले विवाद समाधान नहुँदा न्यायको अनुभुति गर्न नसकेको र विवाद तामेलिमा राख्नुपरेको पनि सभामा जानकारी गराइएको थियो । त्यस्तै मेलमिलाप प्रक्रियालाई संस्थागत गर्नका लागि मेलमिलाप सम्वन्धी आधारभुत तालिम प्राप्त गरेको मेलमिलापकर्ता मार्फत विवाद समाधान गर्ने प्रक्रियालाई उच्च प्राथमिकतामा राखिएको पनि जनाइएको छ ।
सम्वन्धित वडाको मेलमिलाप केन्द्रमा सुचिकृत भएका मेलमिलाप केन्द्रमा आर्थिक वर्ष २०८०÷८१ को लागि सुचिकृत भएका मेलमिलाप कर्ताहरुलाई आगामी आर्थिक वर्ष पनि पुन सुचिकृत गर्न नगर सभामा पेश गरिएको छ । त्यस्तै न्यायिक समिति मार्फत न्याय सम्पादन प्रकृया अन्तरगत न्यायिक समितिबाट विवाद निरुपाणको लागि गरिएको निर्णय तथा फैसाल अनुमोदनको लागि पनि सभामा पेश गरिएको थियो ।