एसईईमा ४ जिपिए ल्याएकी थापालाई सम्मान
एसईईमा ४ जिपिए ल्याएकी थापालाई सम्मान
गोरखा ः विहिबार प्रकाशित भएको एसईई नतिजामा ४ जिपिए ल्याएर जिल्लाकै सर्वोकृष्ट बनेकी आशिका थापालाई सममान गरिएको छ ।
लायन्स क्लब अफ गोरखा तारानगरले थापालाई एक कार्यक्रमका विच सम्मान गरेको हो । लायन्स क्लव अफ गोरखा तारानगरको पद हस्तान्तरण कार्यक्रमको अवसरमा शुक्रबार सम्मान गरिएको हो । लायन्स बर्ष २०२४÷२५ का अध्यक्ष गणेश बानियाले प्रमाणपत्र र ७ हजार ५ सय रुपैया नगदले उनलाई सम्मान गरेका हुन् ।