गणतान्त्रिक यातायात ब्यवसायीको अध्यक्षमा वोहोरा
गणतान्त्रिक यातायात ब्यवसायीको अध्यक्षमा वोहोरा
गोरखाः नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको गोरखा अध्यक्षमा दिपक बोहरा चयन भएका छन् ।
शुक्रबार भएको अधिवेशनले उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा लक्ष्मण देवकोटा, कोषाध्यक्ष रामशरण पाण्डे, सदस्यहरुमा शुरेस वाबु आले, उत्सव श्रेष्ठ, कृष्ण पन्थ, शंकर अछामी लगायत १७ सदस्यीय कार्य समिति चयन भएको अध्यक्ष बोहराले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अमर तमु, नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष ऐन कुमार शाही, गण्डकी प्रदेश अध्यक्ष प्रकास तिवारी लगायतले मन्तब्य राखेका थिए ।