चुमनुव्रीको प्रशासकीय भवन निर्माण हुने

चुमनुव्रीको प्रशासकीय भवन निर्माण हुने


सोमवार, असार १८, २०८१


चुमनुव्रीको प्रशासकीय भवन निर्माण हुने

गोरखा ः चुमनुव्री गाउँपालिकाले आगामी आर्थिक वर्ष प्रशासकीय भवन निर्माण गर्ने भएको छ । आगाी आर्थिक वर्षको बजेटमा वहुउपयोगी प्रशासकीय भवन निर्माणका लागि २ करोड ५० लाख विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट बक्तब्यमा कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायिकरण, विविधिकरण गर्ने नेपाल सरकारको नीति अनुरुप चुमनुव्री गाउँपालिकाभित्रका वडाहरुको सम्भाव्यताको आधारमा स्याउ, दाँते ओखर, लसुन, आलु लगायतका विउ तथा बेर्नाहरु उपलब्ध गराउन १८ लाख छुट्टाइएको छ ।

झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम अन्तर्गत गाउँपालिकाबाट अनिवार्य रुपमा लागत साझेदारी गर्नुपर्ने सेवा शुल्कवापत वजेट ब्यवस्थापन गरिएको छ । चुमनुव्री गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण तथा स्थानीय सेरोफेरो प्रकाशन पनि गर्ने भएको छ । सडक संजालले गाउँपालिकाले जोडिएको हुदाँ कार्यालय प्रयोजनका लागि चार पाङ्ग्रे सवारी साधन खरिदको पनि गाउँपालिकोल तयारी गरेको छ । गाउँपालिकाको प्रथम आवधिक योजना सम्पन्न भएको र दोस्रो पञ्चवर्षिय आवधिक योजना निर्माणका लागि १८ लाख छुट्टाइएको छ । पाङसिङ छिहीदेखि रुक्जुङ हुदै उदेजुङ नेडोल्मा पर्यटकीय पदमार्ग निर्माणका लागि नेपाल सरकार समपुरक अनुदानमा ६० लाख विनियोजन भएकोमा पालिकाको तर्फबाट रु ६० लाख थप गरी कुल १ करोड २० लाखको पर्यटकीय पदमार्ग निर्माण हुने पनि सभामा जानकारी गराइएको छ ।



सिद्ध गणेश आधारभूत विद्यालय र सेराङ्गी गुम्बा आधारभूत विद्यालय पालिकाको तर्फबाट छात्रावास सुविधाका लागि एकमुष्ट १० लाख विनियोजन गरिएको छ । त्यस्तै कृषि तथा पशुपक्षी विकास सम्बन्धी सेवाको पहुँच विस्तार गरी कृषि तथा पशुपालन व्यवसाय गर्न चाहने कृषकलाई बीउबिजन, कृषि औजार, प्रविधि र तालिमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको सभामा जानकारी गराइएको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक, मौलिक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण प्रवद्र्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपुर्ण आधारको रुपमा पर्यटन उद्योगको विकास गर्न, उच्च आर्थिक बृद्धि, उत्पादन रोजगारी र आयको वितरणलाई टेवा पु¥याउने सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई जोड गरिएको छ ।

गाउँपालिकाभित्र विभिन्न प्राकृतिक विपत्तिबाट सिर्जित समस्याहरुलाई समाधानका लागि गरिने तत्काल उद्दार, राहात तथा पुनस्थापन गर्न २० लाख, महामारीको रोग रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषमा रु २५ लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्र कार्यरत कर्मचारी तथा पदाधिकारीहरु कामको शिलशिलामा घाइते भएमा आपतकालिन उद्दारका लागि १० लाख विनियोजन गरिएको छ ।.गाउँपालिकाभित्रका विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच स्थापित गर्न आवश्यक शिक्षक सेवा करारमा लिने कार्यका लागि पनि वजेट ब्यवस्थापन गरिएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३८ करोड १५ लाख ४६ हजार ४ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नेपाल सरकार वित्तिय समानीकरण अनुदान ७ करोड २ लाख रुपैयाँ, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ, शर्शत अनुदार्न १२ करोड ३६ लाख रुपैयाँ, विशेष अनुदान ५० लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७८ लाख ३१ हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँडबाट ७८ लाख १७ हजार रुपैया, आन्तरिक राजश्वबाट प्राप्त हुने २९ लाख ८२ हजार ४ सय रुपैयाँ, प्रदेश सरकाबाट प्राप्त हुने विशेष अनुदान ४० लाख रुपैया, प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान ६० लाख रुपैया रहने अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda