तेक्वान्दोमा गोरखालाई ६ पदक
तेक्वान्दोमा गोरखालाई ६ पदक
गोरखा ः गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष तेक्वान्दोमा गोरखाबाट सहभागी खेलाडीले विभिन्न ६ पदक प्राप्त गरेका छन् ।
असार १८ र १९ मा भएको प्रतियोगीतामा ५७ केजी मुनी अनुजा गुरुङ र ६७ केजी मुनी अगशा श्रेष्ठ पहिलो भएका छन् ।
५८ केजी मुनी सविन कुँवर, ६८ केजी मुनी अर्यान गुरुङ द्धितिय भएका छन् । त्यस्तै ४६ केजी मुनी कुन्जीका राना, ६३ केजी मुनी आदित्य राना तृतीय भएका छन् ।
प्रतियोगीतामा महिला तथा पुरुष खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगीता पर्वतको कुस्मामा भएको थियो ।