बाढीले एक घर वगायो, गुम्वा जोखिममा
बाढीले एक घर वगायो, गुम्वा जोखिममा
काठमाडौमा पहिरोमा पुरिएर गोरखाका युवाको मृत्यू
गोरखा ः अबिरल वर्षा पछि वाढीले चुमनुव्री गाउँपालिका–६ को १ घर वगाएको छ । वडा नम्वर ६ डाम्वामा रहेको गुम्वा पन स्यार खोलाको कटानले जोखिममा परेको छ ।
त्यस्तै चुमनुव्री–७ को दुइ वटा काठे पुल वगाएको छ भने एक वटा झोलुङ्गो पुलमा जोखिममा परेको छ । वडा नम्वर ६ स्थित डाम्वामा रहेको लाटोन लामाको घर स्यार खोलाको कटानले वगाएको वडा अध्यक्ष सरोज लामाले बताए ।
सोहि ठाउँको गुम्वामा पनि कटानले जोखिम वढाएपछि गुम्वाका सामान सुरक्षित स्थानमा सारिएको छ । घर वगाएका पछि लामा भने नजिकैको ओढारमा गएर वसेका छन् । त्यस्तै चुमनुव्री–७ मा रहेको लामागाउँबाट निले जाने मुल वाटोको झोलुङ्गे पुल पनि जोखिम वनेको छ ।
झोलुङ्गे पुलको एकातर्फको भागमा वाढीले कटान गरेको स्थानीयले बताए । खनग्यू र नाकीको काठे पुल पनि वाढीले वगाएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । अविरल वर्ष पछि पछिको बाटोले जिल्लाका कच्चि सडकहरु पनि पनि आउजाउमा सकस थपिएको छ ।
कच्चि सडक हिलाम्मे वनेका छन् । त्यस्तै पहिरोमा पुरिएर एकको मृत्यु काठमाडौंको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर गोरखाका एक युवकको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हालः सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए । पहिरो भने बिहान ११ बजेतिर खसेको थियो ।