जिविकोपार्जनमा सहजताका लागि नगद हस्तान्तरण
जिविकोपार्जनमा सहजताका लागि नगद हस्तान्तरण
गोरखा ः ‘उपप्रमुख सवल नेतृत्व कार्यक्रम’ अन्तरगत एकल तथा अति विपन्न महिलालाई जिविकोपार्जनमा सहजताका लागि नगद हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको प्रत्येक वडाबाट छनौट भएका दुइ÷दुइ जना लाई नगद हस्तान्तरण गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए । प्रति ब्याक्ति १४ हजार ५ सय ७० का दरले नगद हस्तान्तरण गरिएको हो ।
महिलाहरुको जीविकोपार्जनमा सहजताका लागि आन्तरिक रोजगारिको सिर्जना र आयआर्जनमा सहजताका लागि नगद उपलब्ध गराइएको उनले बताए । उत्त रकम बाट बाख्रा, भैसी, बुङ्गुर पालन तथा होटल, किराना पसल संचालन गर्ने उनले बताए ।
एकीकरण नेपालले २८ जना महिलाहरुलाई व्यावसायीक योजना सम्वन्धित तालिम पनि दिएको थियो । शुक्रबार एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, उपप्रमुख मसली माया थोकर लगायतले मन्तब्य राखेका थिए ।