मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लभान्वित
मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लभान्वित
गोरखा ः गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा भएको मोतियाविन्दु शल्यक्रिया शिविरबाट ३३ जना लाभान्वित भएका छन् ।
तिन दिन सम्म चलेको शिविरबाट गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी, भिमसेन थापा, सिरानचोक, शहिदलखन, आरुघाट गाउपालिका तथा तनहुबाट शल्यक्रियामा सहभागीता भएका थिए ।
गोरखा नगरपालिकाको १४ जना र अन्य नगरपालिका तथा गाउपालिकाबाट १९ जना गरेर ३३ लाभान्वीत भएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले जानकारी दिए ।
केन्द्रले बिभिन्न समयमा समुदायमा गएर आँखा जाच शिविर गर्दै आएको छ । सो जाँच क्रममा मातियाबिन्दुको शल्यक्रिया गर्ने विरामीलाई केन्द्रमा पठाउने गरेको छ । केन्द्रले बिद्यालय, समुदायमा आँखा जाच कार्यक्रमलाइ निरन्तरता दिदै आइरहेको छ ।