संभावित विपद्जन्य घटनाको उद्धार र स्थानान्तरणको पुर्व तयारी

संभावित विपद्जन्य घटनाको उद्धार र स्थानान्तरणको पुर्व तयारी


सोमवार, असार २५, २०८१


संभावित विपद्जन्य घटनाको उद्धार र स्थानान्तरणको पुर्व तयारी

गोरखा ः विगतको समयमा घटेका विपदका घटनाको आधारमा जोखिम क्षेत्रको पहिचान गरि सतर्कता अपनाइएको छ । आइतबारको जिल्ला विपद ब्यवस्थापन समितिको वैठकले पहिरोबाट जोखिम क्षेत्र पहिचान गरि अपनाउन सकिने सचेतना वारे पनि छलफल भएको थियो ।

मनसूनजन्य विपद् बाढी, पहिरो, भुक्षय जस्ता घटनाबाट प्रभावित हुनसक्ने स्थानमा बसोबास गर्ने बासिन्दाहरुलाई सम्वन्धित स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा तत्काल उद्धार तथा स्थानान्तरणको लागि आवश्यक कार्य गर्ने पनि निर्णय भएको छ ।



गोरखा नगरपालिका क्षेत्रको ताप्ले, सिमल घारी, कोखेआहले, भोगटेनी, घलाङ फिनाम, लाकुरीस्वारा, पन्थेस्वारा पस्लाङ, रिप, हिलेपोखरी, मान्द्रेढुंगा, अमराई नयाँबजार, डण्डीडाडा, रानीबन, थाकलडाडा, लुदिखोला, आमडाडा, खोलखोले, बराह, सिमलगैरी, बिरेन्चोक, लक्ष्मी बजार, एघारकिलो, छेवेटार, दशकिलो, अवुवा, रामशाह टोल, अकला, तीनकिलो, सिमलगैरी, भुमितार, दामगाडे, धनबासे, बारापानी, शिखर, सिर्दी, गोपलिङ, सलाङगिरी, स्याउलीलाई सम्भावित जोखिम स्थानको रुपमा राखिएको छ । यस क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै गोनपा ६ को खेलकुद मैदान, गोनपा १० को छेवेटार, गोनपा १३ गोरखकाली खेलमैदानमा स्थानान्तरण गर्न सक्ने औल्याइएको छ ।

पालुङटार नगरपालिका सिमलगैरा, बिर्दि, हात्तीगौडा, अबन्डा, वानियाँगाउँ, राउतेपानी, जौवारी टोल (लुइटेल), कोइराली क्षेत्रलाई पनि जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको छ । यस क्षेत्रका वस्तीलाई पानपा ५ हवाईग्राउण्डमा स्थानान्तरण गर्न सकिने गरि पुर्वतयारी गरिएको छ । शहिदलखन गाउँपालिका ४ बक्राङ, डाडागाउँ, कान्टार, पिउरेनी, ग्याप्राङ, तिनमाने, दार्चे, भानबारी, हटिया, माझिटार, धुसिनि, छापथोक, मैलुङ, मास्कीछाप, बनकाली, खाब्दी, नाम्जुङ, पतेनी खोला, अधेरी खोलालाई जोखिम क्षेत्रको रुपमा पहिचान गरि सहिदलखन ८ चौकीडाँडामा, गण्डकी गाउँपालिका आग्रीडाँडा, तोमनडाँडा, थुम्का, मुकुना, गैरीगाँउ, बसेरी, ज्यामि रेघाट, घवादिघाट, ठेउवाटार, तिननमाने मास्कीछाप , रिम्जेलि, तोरेन, गोर्दी, बुट्टार, चमति, सादिखोला, मकैसिंङलाई सभावित जोखिम क्षेत्रको रुपमा पहिचान गरि गण्डकी ६ भुम्लिचोक, पालिका भवन क्षेत्रमा स्थानान्तरण गर्न सकिने औल्याइएको छ ।

भिमसेनथापा गाउँपालिकाको छापाटा, दारेगरा, सपुंगे, निम्लेफाँट, झिङ्गटे, महादेवटार, सिक्रे, तोरी बारी, बालिमटार, बालुवाटार, नागे ढाडगाउँ, सादोबाटो, खत्रीटार, कल्लेरी, सिस्नेरी, आप्री, मंगल टार, श्यामचेत दर्जलेमा संभावित विपदका घटना भए भिमसेन १ पिपलडाँडामा तथा आरुघाट गाउँपालिकाको सोती, थलचोक, ठोट्नेरी, पात्लेखर्क, ख्याम्लिङ, दोराङवेशी, माझगाउँ, डोडचेत, धोरत, भुमिस्थान, अल्काटार, भोक्टेनी, वयाक, भिरकुना, श्याम्राङ, भल्छोपे, भलकभिर पैरा, भ्यागुते, श्यामचेत, घलेवन, छतिवन, धोस, होडारेखोला, अजुवाखोला, आर्खेतखोला, आर्वाड पहिरो, टिमुरेगरा, चुरुङ पहिरो, लाम बगर, मौदीखोला, आस्टार खानेपाली, मंगलटार, तारेभिर क्षेत्र संभावित जोखिम स्थान पहिचान गरि आरुघाट ९ घरेलु चौरमा स्थानान्तरण गर्न सकिने औल्याइएको छ । त्यस्तै धार्चे गाउँपालिका फ्याच्चेत, यारु, काडेभीर, उहिया, हुलचोक, खोर्ला, लापु, सिम्ला, केराउजा, रुन्चेत, यार्सा, कालाभिर, यार्सा, काशीगाँउ, माछीखोला बजार, खानीगाउँ, भिरकुनालाई संभावित जोखिम स्थान पहिचान गरि धार्चे ५ माछीखोला पालिकाको भवनमा स्थानान्तरण गर्न सकिने गरि पुर्व तयारी गरिएको छ ।

चुमनुव्री गाँपालिका निले, सिप्चेत, खाईरिङ, स्याला, प्रोक धर्मशाला, लोक्पा, एक्लेभट्टी, सरसिउ, ताङसिङ, भट्टेखोला, सल्लेरी, दोभान, यारु, रुप्से, जोङलाई संभावित जोखिम क्षेत्र पहिचान गरि चुमनुब्री ७ छेकम्पार÷ चुमनुब्री ३ पालिका भवनमा स्थानान्तरण गर्न सकिने औल्याइएको छ । अजिरकोट गाउँपालिका राङरुङ, झयाल्ला, ढोडेनी, सिम्जुङ, घ्याच्चोक, मिलिम, काफलडाँडा, लप्सिबोट, अपुन, नम्की, ओलाङ, कुसुन्डे, माथर, फाल्पु, धादिङगरालाई संभावित जाखिम क्षेत्र पहिचान गरि अजिरकोट ३ पालिका भवन, सिरानचोक गाउँपालिकाको सिरानचोक ८ लाङदिखोला, माथिल्लो गोहोरे, थानिथान, गाखु, खहरे, भालुस्वार भोर्ले, मसानठाँटी, सादोबाटो, बयपानी, ढिस्का, जल बिरे, फिनामटार, भिरसिंङ, केरा बारीलाई संभावित जोखिम क्षेत्रको रुपमा पहिचान गरि सिरानचोक ८ परोपकार आदर्श मा.विमा स्थानान्तरण गर्न सकिने गरि पुर्व तयारी गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका तिनखण्डे, राम्चे, पाचखोल देउराली, अमले, वालुवा, तल्लो जराङ्, उम्राखोला, मोनोडाँडा, मान्द्रे, साप्राङ, अलगाँउ, काफलडाँडा, ग्याजि, रन्चोक, लाङटाङ, भुम्चोकटार, सिरानखर, नानचोक खारचोक लाई संभावित क्षेत्र पहिचान गरि बारपाक सुलिकोट ६ ताकुकोट पालिका भवनमा स्थानान्तरण गर्न सकिने गरि औल्याइएको छ । केही दिन देखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको विवरण सम्वन्धित स्थानीय तहले तत्काल जिल्ला आपतकालिन कार्य संचालन केन्द्र, जिल्ला प्रहरी कार्यालय, गोरखा वा जिल्ला प्रशासन कार्यालय, गोरखालाई जानकारी गराउने व्यवस्था मिलाउन पनि भनिएको छ ।

(साविक तारानगर गा.वि.स. वडा नं.(१) गोरखा नगरपालिका(१० छेवेटार स्थित कित्ता नं. १४६६९का ४७ रोपनी ५ आना क्षेत्रफलको जग्गा गण्डकी प्रदेश स्तरीय नेपाल ए.पि.एफ. स्कुल स्थापनाका लागि दैवीक प्रकोप व्यवस्थापनको लागि आवश्यक नपर्ने देखिएकोले “सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धी मापदण्ड २०७७“ को दफा ७ (ङ) बमोजिम गृह मन्त्रालयमा सिफारिस गर्ने पनि निर्णय गरिएको छ ।

मनसूनजन्य विपद्का घटनाहरु एक आपसमा आदन प्रदान तथा सूचना प्रबाह गर्नका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला स्थित सुरक्षा निकायहरु, जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सबै स्थानीय तह अन्तर्गतका वडा अध्यक्षहरु रहने गरी आ–आफ्नो क्षेत्रको विपद्को अवस्थाको बारेमा निरन्तर सूचना प्रबाह गर्ने पनि वैठकले निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda