विकास वजेट असारमै अधिक खर्च
विकास वजेट असारमै अधिक खर्च
गोरखा ः संघ तर्फ विनियोजित वजेट मध्ये चालु आर्थिक वर्ष ८५.६९ प्रतिशत खर्च भएको छ ।
असार महिनामा मात्र संघ तर्फको विनियोजित वजेट मध्ये १ अर्व ३३ करोड ९२ लाख १५ हजार दुइ सय ७७ रुपैया खर्च भएको छ । असार २४ सम्मको विवरण अनुसार संघबाट विनियोजित वजेट मध्ये चालु तर्फ ९३.११ र पुँजिगत तर्फ ६१.८४ प्रतिशत खर्च भएको छ ।
चालु तर्फको ७ अर्व ९७ करोड ५८ लाख ५१ हजार ३ सय ३३ रुपैया मध्ये हाल सम्म ७ अर्व ४२ करोड ६१ लाख २७ हजार चार सय रुपैया खर्च भएको छ । चालु तर्फ असार महिनामा मात्र ८३ करोड ९२ लाख ५३ हजार ७ सय १७ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै संघको पुजिँगत तर्फ २ अर्व ४८ करोड २८ लाख ४२ हजार १ सय ५२ रुपैया मध्ये हाल सम्म १ अर्व ५३ करोड ५४ लाख ९६ हजार छ सय २८ रुपैया खर्च भएको छ ।
असार मात्र पुँजिगत तर्फ ४९ करोड ९९ लाख ६१ हजार ५ सय ६० रुपैया खर्च भएको छ । संघ तर्फ ५९ करोड २४ लाख ५८ हजार ४ सय ११ रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यस्तै प्रदेश तर्फ विनियोजित वजेट मध्ये चालु तर्फ ८८ करोड ८८ लाख ९६ हजार ५ सय ६३ रुपैयाँ मध्ये ६० करोड ४२ लाख, ६६ हजार ६ सय २४ रुपैया खर्च भएको छ । असार महिनामा मात्र प्रदेशको चालु तर्फ १३ करोड ७२ लाख ६९ हजार ९ सय ७ रुपैया खर्च भएको छ ।
त्यस्तै पँुजिगत तर्फ २ अर्व ४१ करोड ३९ लाख ६२ हजार रकम मध्ये १ अर्व ६६ करोड ५ लाख ३८ हजार १ सय ९३ रुपैयाँ खर्च भएको छ । प्रदेशका पुँजिगत तर्फ असार महिनामा ६३ करोड ७२ लाख ८४ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।
प्रदेशको चालु तर्फ विनियोजित वजेटको ६८.०९ र पुँजिगत तर्फ ६८.७९ प्रतिशत गरी समग्रमा ६८.६० प्रतिशत रकम खर्च भएको छ । प्रदेश तर्फ १७ करोड ९८ लाख ७६ हजार चार सय ११ रुपैयाँ राजश्व संकलन भएको छ ।