दायीत्व घटाउन र अधुरा योजना सम्पन्न गर्न जोड दिन्छौ ः मन्त्री देवकोटा
दायीत्व घटाउन र अधुरा योजना सम्पन्न गर्न जोड दिन्छौ ः मन्त्री देवकोटा
गोरखा ः गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले दायीत्व घटाउने र अधुरा योजना सम्पन्न गर्न जोड दिने बताएका छन् ।
वुधबार गृहजिल्ला गोरखामा पत्रकार सँगको कुराकानीको क्रममा आवश्यकताको आधारमा योजनाको काम अघि बढ्ने बताए । ‘बस्ती पातलिदै छ, त्यहि खानेपानीको योजना छ, अव जहाँ वस्ती छ, त्यहा योजना राख्छौँ,’ उनले भने,‘लगानी भइसकेपछि प्रतिफल पनि आउन प¥यो ।
थोरै रकमले पुरा हुने योजना पनि अलपत्र अवस्थामा रहेको उनले बताए । ‘प्रदेश सरकार गठन भएपछि २०६७÷६८ साल तिर काम गर्नुस पैसा दिन्छौ भनेर भटाभट योजना शुरु भएको रहेछ, त्यो वेलाको योजनाको मार अहिले परेको छ,’ उनले भने,‘गोरखामा मात्र तत्कालिन समयमा शुरु भएर पुरा नहुँदा २५ करोडको दायीत्व छ, वाग्लुङमा ३० करोड वढीको दायीत्व देखीएको छ ।’
योजनामा राज्यको लगानी भइसकेपछि पुरा गर्ने तर्फ लाग्ने उनले बताए । ‘पुरा नगरे आज सम्मको लगानी खेर जाने भयो, यो चुनौती छ,’ उनले भने,‘अव मुख्य काम क्रमागत योजनामा तथ्याङ्क लिन्छौ, दुइ लाख, ५ लाख, १० लाखले पुरा हुने योजना कति छन, डाटा लिएर अघि वढछौँ,’ उनले भने । कतिपय क्रमागत योजनामा पनि वजेट अभाव देखिएको छ ।
दायीत्व घटाउने तर्फ मन्त्रालय केन्द्रित हुने उनको भनाई छ । त्यस्तै केन्द्रिय सक्ता समिकरण बदलिएपनि प्रदेश सरकारलाई धेरै असर नगर्ने पनि उनले बताए । मन्त्री को हुने ? मन्त्रालय कति बनाउने भन्ने विषयको छलफल ‘सेकेण्डरी’ पाटो रहेको बताए ।
‘तर अहिले जो जो छौँ, त्यसमा धेरे दायाँ बायाँ हुदैन, थपिनेलाई याडजस्ट गरेर जाने हो, भइरहेको शक्तिलाई यताउती हुँदैन भन्ने प्रस्ट बुझाई छ,’ उनले भने,‘ मुख्यमन्त्री र उहाँलाई सहयोग गरेको राजनितिक दल सँग छलफल गर्दा पनि परिस्थिति बदलिएपनि गण्डकी प्रदेशमा धेरैे असर गर्दैन भन्ने वुझाईमा एकै ठाउँमा छौँ ।’