बजेटमा स्थानीय उत्पादन प्राथमिकतामा

बजेटमा स्थानीय उत्पादन प्राथमिकतामा


बिहिबार, असार २८, २०८१


बजेटमा स्थानीय उत्पादन प्राथमिकतामा

गोरखा ः अजिरकोट गाउँपालिकाको आगामी आर्थिक वर्ष ४५ करोड २५ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई थप उत्पादनमुखी बनाउँदै व्यवसायिक बनाउने लक्ष्य राखिएको छ ।

अजिरकोट गाउँपालिकालाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्दै कृषि क्षेत्रको समग्र विकासका लागि १ करोड १३ लाख रकम विनियोजन गरिएको छ । कृषिमा आधारित अनुदान, एक वडा एक उत्पादन प्रवद्र्धनन, आलु, प्याज, बेसार, अदुवामा आत्मनिर्भर, लोकल वाईन उत्पादन अनुसन्धान, गुन्द्रुक प्रवद्र्धन, किवि स्याउ प्रवद्र्धन, शित भण्डार निर्माण र कृषि पुर्वाधार विकासका कार्यक्रमहरु समावेश गरिएको छ ।



फलफुल र घाँसको स्रोत केन्द्र स्थानीय तहमा निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । पशुपंक्षी क्षेत्र अन्तरगत दूध डेरीको स्थापना, रेन्वो ट्राउट माछा प्रवद्र्धन, पशुपन्छी परिक्षण प्रयोगशाला स्थापना, सामुदायिक कुकुर बन्ध्याकरण, पशुपालक कृषकहरुलाई प्रोत्साहन र पशु चौपायाहरुको खर्क तथा गोठ सुधारका लागि ७३ लाख रकम विनियोजन गरिएको छ । पदयात्रा, नदीनाला, मठमन्दिर, गुम्बा, रैथाने सांस्कृतिक वस्ती, पर्यटककिय स्थलको डकुमेन्ट्री, नमुना होमस्टे प्रवद्र्धन ४३ लाख रकम विनियोजन गरिएको छ ।

सिरानडांडा अजिरकोट र उत्तरी गोरखा बारपाक रुबीनाला मनास्लु पदमार्गको लागि संघीय शर्सत अनुदान तर्फ ४५ लाख विनियोजन गरिएको छ । लघु, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्दै दुना टपरी स्थापना र संचालनका साथै बजार अनुगमन तथा उपभोक्ता हित संरक्षरणको रकमको व्यवस्था गरिएको छ । सामाजिक विकास सहितको आर्थिक विकास मार्फत दीगो विकासको लक्ष्य प्राप्त गर्न बजेट प्राथमिकतामा परेको छ ।

स्वास्थ्य सुरक्षाको लागि भच्चेक आधारभुत अस्पतालको स्तरीकरण, एम.डि.जि.पि.सेवा, दन्द सेवाका लागि वि.डि.एस, फिजियोथेरापी सेवा, ल्यावको स्तरोनन्ती, पोष्टमार्टम सेवाको प्रबन्ध, प्रस्तुति महिला, विरामी तथा स्याहारकर्ताहरु लाई खाना खाजाको व्यवस्था, बीमा कार्यक्रम लगायत, विशेषज्ञ स्वास्थ्य शिविर, हरेक स्वास्थ्य संस्था प्रविधिमैत्री बनाउन १ करोड ११ लाख रकम विनियोजन गरिएको छ । त्यस्तै माईतीको पोसिलो कोसेली, महिला स्वास्थ्य स्वयसेविका एवं स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका कार्यक्रम लाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारबाट विषेश अनुदानमा भच्चेक आधारभूत अस्पताल मर्मत व्यवस्थापन गुणस्तर सुधार र सौन्दर्यकरणको लागि ४० लाख विनियोजन गरिएको छ । भच्चेक मा.वि.लाई मेगा आवासीय मा. वि.मा स्तरोनन्ती, सामुदायिक विद्यालयहरुको स्तरोन्नती कक्षा ५ र ८ को परीक्षालाई गाउँपालिका स्तरीय बनाउने र अन्य शैक्षिक प्रवद्र्धनका कियाकलापका लागि सशर्त बाहेक १ करोड ७९ लाख ८७ हजार रकम विनियोजन गरिएको छ ।

बौलमैत्री स्थानीय तह घोषणा, बाल संरक्षण आर्थिक राहत कोष, बाल प्रतिभा पहिचानका साथै बाल अधिकार संरक्षण र प्रवर्द्धन लगायतका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ । अजिरकोटको विकास गर्न आवश्यक पूँजी भित्राउउन विज तथा लगानी सम्मेलन आयोजना गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

सुविधा सम्पन्न स्थायी प्रशासकीय भवन निर्माण सुरुवात का लागि ४० लाख विनियोजन गरिएको छ । सडकहरुलाई नियमित मर्मत गरी बाह्रै महिना यातायात सञ्चालन योग्य वनाउनको लागि नियमित मर्मत सम्भार कार्यलाई व्यवस्थित गरिने पनि बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समपुरक अनुदानमा प्राप्त १ करोड ५० लाख र गाउँपालिकाबाट समपुरक रकम थप गरि ओखलढुद्रा ताप्ले गोगनपानी सडक स्तरोन्नतरी लाई निरन्तरता दिने, भच्चेक काफलडांडा बुद्धसिंहटार सडक स्तरोन्नतरी लागि १ करोड ७० लाख रकम विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारबाट समपुरक अनुदान प्राप्त ६० लाख बजेट मुच्चोकटार भ्याल्लाभुमे भच्चेक रोड सेक्सनको निर्माण गर्ने तथा वडा नं.५ को वडा कार्यालय भवन निर्माणको लागि ८० लाख बजेटको व्यवस्था गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda