वक्तृत्वकला प्रतियोगितामा उपरकोटी पहिलो
वक्तृत्वकला प्रतियोगितामा उपरकोटी पहिलो
गोरखा ः भानु जयन्तीको अवसरमा भएको बक्तृत्वकला प्रतियोगितामा महालक्ष्मि माविकी आकृति उपरकोटी पहिलो वनेकी छिन् ।
शनिबार ग्लोबल गोरखा समाजको आयोजनमा २११ औँ भानु जयन्तीको अवसरमा ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा जनशक्ति मावि नाम्जुङकी आर्या गोतामे दोस्रो, भिमोदय मावि आरुघाटका प्रदिप विश्वकर्मा तेस्रो, जनकल्याण मावि सिरानचोकका सरस्वती नेपाली र धर्मोदय मावि पालुङटारका सामुहिल श्रेष्ठ सान्त्वना भएका छन् । प्रतियोगितामा पहिलो वनेकी आकृति उपरकोटीले ५० हजार नगदको साथमा मेडल र प्रमाणपत्र पाएकी छिन् । महालक्ष्मि माध्यमिक विद्यालयलाई शिल्ड पनि प्रदान गरिएको थियो । त्यस्तै दोस्रो वनेकी आर्या गोतामेले ३५ हजार, तेस्रो वनेका प्रदिप विश्वकर्माले २० हजार र सान्त्वना स्थान हासिल गरेका सरस्वती नेपाली र समुहिल श्रेष्ठले १०÷१० हजार नगद पुरस्कार पाएको ग्लोबल गोरखा समाज नेपालका उपसंयाजक इन्द्र प्रसाद भट्टराइले बताए । प्रतियोगितामा विजेता भएका पालिकालाई प्रसंसापत्र पनि वितरण गरिएको छ । प्रतियोगितामा १० पालिकाका १९ जनाको सहभागीता जनाएका थिए । प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, ग्लोवल गोरखा समाजका नेपाल संयोजक यदु लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए । वक्तृत्वकला प्रतियोगिताको उद्घाटन समारोहमा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण राना मगर, उपप्रमुख मसली मायाँ थोकर, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल, ग्लोवल गोरखा समाजका सदस्य शरण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।