पहिरोले घर गोठमा क्षती

पहिरोले घर गोठमा क्षती


सोमवार, असार ३२, २०८१


पहिरोले घर गोठमा क्षती

गोरखा ः विहिबार रातीको बर्षाद पछिको पहिरोले जिल्लाका विभिन्न ठाउँका घर गोठमा क्षती पु¥याएको छ ।

गोरखा नगरपालिका–९ डाँडा गाउँमा पहिरोले पुरेर १२ सय कुखुरा मरेका छन्न । प्रकाश थापाले संचालन गर्दै आएको फर्ममा पहिरो पस्दा दुइ हजार मध्ये १२ सय ब्रोइलर कुखुरा पुरिएर मरेको प्रहरीले जनाएको छ । त्यस्तै सिरानचोक गाउँपालिका–५ जरेबरका चित्र नगरकोटीको कच्ची गोठ पुरिएर क्षति पुगेको छ । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराका राम कुमार योगीको गोठ पुरिएको पनि प्रहरीले जनाएको छ । सोहि ठाउँका राजु गुरुङको घर पहिरोले जोखिममा परेको छ । शहिद लखन गाउँपालिका–७ सुखौराका अर्जुन थापा एक तले कच्ची घरमा पनि वाढी पसेर भाडावर्तन र १५÷१६ वटा कुखुरा वगाएको छ । त्यस्तै गोरखा नगरपालिका–५ मानेपानि वस्ने शर्मिला अछामीको घर माथिबाट आएको पहिरोले जोखिममा परेको छ । त्यस्तै सोहि ठाउँका रमेश सिर्मलको घर र दयाराम सार्कीको भान्सा पनि जोखिममा परेको छ । गोरखा नगरपालिका–९ को एक खाजा पसल पनि पहिरोले पुरेको छ । शहिद लखन गाउँपालिका–४ वाझोगराका वेद प्रसाद तिवारीको गोठ रुख ढलेर क्षति पु¥याएको पहरीले जनाएको छ । शहिद लखन गाउाँपलिका चालिसेमा गोठ तथा गोरखा नगरपालिका–८ सिमल गैराका किसान नेपालीको घर आगनमा पनि पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । गोरखा नगरपालिका–८ आमडाडा्रँ स्थित सिम्लेचौरका देवि रानाले संचालन गर्दै आएको पशुपन्छि तथा कृषि फर्ममा पनि आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ । त्यस्तै गोरखा–आवुँखैरेनी सडक खण्ड अन्तरगत गोरखा नगरपालिका–९, १२ र १३ मा खसेको पहिरो पन्छाएपछि शुक्रबारबाटै सडक संचालनमा आएको छ । घैरुङ–गोरखा सडक खण्ड अन्तरगत शहिद लखन गाउँपालिका–६ खगी, गोरखा आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका–२ गरापानी, राइनस–जुम्लीचौतारा अन्तरगत शहिद लखन गाउँपालिका–४ रातमोटेमा खसेको पहिरो पनि पन्छाइएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda