बाढीले धान खेतमा क्षति
बाढीले धान खेतमा क्षति
गोरखा ः विहिबार रातीको अविरल वर्षाद पछिको वाढीले खेतियोग्य जमिनमा क्षती पु¥याएको छ । सिर्दि फाँट, दरौदी, विर्दि, भुसुण्डे लगायतका क्षेत्रमा भेल पसेर खेतीमा क्षति पु¥याएको छ ।
पालुङटार नगरपालिका–७ जुडिखोला लगायतको क्षेत्रमा धान रोपाइँ भएको एक साता नवित्दै भेल पसेर वगाएको छ । पालुङटार तथा गोरखा नगरपालिका क्षेत्रका खेतमा भएको क्षतिको विवरण भने सकलन हुदै छ । धान रोपाईँ सकेको एक साता पनि वित्न नपाउँदै वाढी पसेपछि किसान भने चिन्तीति छन् । ‘रोपाइँ सकेको तिन दिन भएको थियो, खेतमा वाढी पस्यो, रोपो जति वगाएको छ,’गोरखा नगरपालिका–१० का एक किसानले भने । बाढी पसेको क्षेत्रमा धान रोप्नका लागि विउ समेत अपुग भएको किसान को गुनासो छ । तटिय क्षेत्रका खेत नदी वढेपछि कटानमा पनि परेको छ । त्यस्तै बर्षाद पछिको ग्रामिण सडकमा झरेको पहिरो पन्छाउने काम पनि भइरहेको छ । जिल्लाका अधिकाशं ग्रामिण सडकमा पहिरो खस्ने, खाल्डा खुल्डीमा पानी जम्ने जस्ता समस्याले आउजाउमा समस्या थपिएको छ । भिमसेन थापा गाउँपालिका–७ बोर्लाङस्थित ज्यादुल खोलामा कल्भर्ट राखेर बनाइएको पुलमा पनि क्षती पुगेको छ । त्यस्तै गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आइतबारदेखि केही कमजोर भएको छ । देशका केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ । पश्चिम नेपालमा केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही दिनको लागि देश भरी भने मनसुनी वायुको ठूलो जोखिम नरहेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए । अब ठूलो वर्षा गराउने प्रणाली भारततिर सरेको उनको भनाइ छ । तर लगातारको ठूलो वर्षाले जमिनमा पानी धेरै भइसकेकाले अब थोरै वर्षाले पनि जोखिम निम्त्याउन सक्ने उनले बताए ।