पाउरोटी बनाउने र काठ कुद्ने मेसिन वितरण
पाउरोटी बनाउने र काठ कुद्ने मेसिन वितरण
गोरखा ः धार्चे गाउँपालिकाले पाउरोटी बनाउने र काठ कुद्न मेसिन वितरण गरेको छ ।
५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको हो । आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक वजेट तथा कार्यक्रम अन्तरग मेसिन खरिद गरि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । काठ कुद्ने मेसिन एक लाख ५० हजार र पाउरोटि बनाउने मेसिन ८० हजारमा खरिद गरिएको गाउँपालिकाका विजय श्रेष्ठले बताए । काठ कुदने मेसिनमा ७५ हजार व्यक्तिको र पाउरोटि बनाउने मेसिन ४० हजार रुपैया स्वंय ब्याक्तिले वेहोरेका छन् । उत्त कार्यक्रममा ३ लाख ५० हजार बजेट छुट्टाइएको थियो । गाउँपालिकामा परेको निवेदनका आधारमा छनौट गरि मेसिन वितरण गरिएको हो । परम्परागत ठेकी, पुङ लगायतका काठका सामाग्री बनाउन सहजताका लागि काठ कुद्ने मेसिन वितरण गरिएको हो । पाउरोटी बनाउने मेसिनले ब्यवसायीक प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएको छ ।