भिमसेनथापा गाउँपालिकाको आठ वटै वडाका सहकारीलाई कृषि सामाग्री हस्तान्तरण
भिमसेनथापा गाउँपालिकाको आठ वटै वडाका सहकारीलाई कृषि सामाग्री हस्तान्तरण
गोरखा ः भिमसेनथापा गाउँपालिकाले आठ वटै वडामा कृषि सहकारीहरुलाई कष्टम हायरीङ सेन्टर स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा छुट्टाएको २७ लाख १५ हजार दुइ सय ६ रुपैया वजेटबाट कष्टम हायरीङ सेन्टरका लागि आवश्यक उपकरण खरिद गरि हस्तान्तरण गरिएको हो । प्रत्येक सहकारीलाई हाते ट्याक्टर ४ वटा, मकै छोडाउने मेसिन ५, फुट स्प्रे १, इ–स्प्रे २, जाव प्रान्टर ७, मोटर १, ब्रस कटर २, चाप कटर १ र थ्रेसर १ वटा उपलब्ध गराइएको हो । वडा नम्वर १ को माझथोक साना किसान कृषि सहकारी संस्था, वडा नम्वर २ को मेहेनती कृषि सहकारी संस्था, वडा नम्वर ३ को सृजनशील कृषि सहकारी संस्था, वडा नम्वर ४ को प्रगतिशील कृषि सहकारी संस्था, वडा नम्वर ५ को वगुवा कृषि सहकारी संस्था, वडा नम्वर ६ को अश्राङ कृषि सहकारी संस्था, वडा नम्वर ७ को उद्यमशिल साना किसान कृषि सहकारी र वडा नम्वर ८ को श्रृजनशील वचत तथा ऋण सहकारी संस्थालाई उपकरण उपलब्ध गराइएको हो । उत्त उपकरण कृषकहरुले सहुलियत भाडादरमा प्रयोग गर्न सक्ने पनि जनाइएको छ ।