खाद्यान्न तथा मेडिकल वेड हस्तान्तरण
खाद्यान्न तथा मेडिकल वेड हस्तान्तरण
गोरखाः असल छिमेकी नेपालको अपाङ्गता शसक्तिकरण कार्यक्रम अन्तरगत अपाङ्गता भएका ब्याक्तिलाई खाद्यान्न तथा मेडिकल वेड प्रदान गरिएको छ ।
गोरखा नगरपालिका–५ का यलीस थापा मगर र फुलमायाँ तामाङलाई मेडिकल वेड उपलब्ध गराएको हो । २९ हजार पाँच सय मुल्य वरावरको वेड मंगलबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । अपाङ्गता भएकालाई सुत्न वस्न सहजताका लागि मेडिकल वेड उपलब्ध गराइएको हो । त्यस्तै गोरखा नगरपालिका–७ की तिल कुमारी रोकालाई विविध खाद्य सामाग्री प्रदान गरिएको असल छिमेकी नेपालकी परिचालीका विनिता श्रेष्ठले जानकारी दिइन् । १८ हजार मुल्य वरावारको चामल, दाल, नुन, तेल, डाइपर, सेनेटरी प्याड लगायतका सामाग्री वितरण गरिएको हो । सामाग्री वितरण कार्यक्रममा असल छिमेकी नेपालका कार्यक्रम संयोजक सुरेन्द्र दास, वडा नम्वर ५ का कार्यवाहक वडा अध्यक्ष हरिराम पोखरेल लगायतको सहभागीता रहेको थियो ।