रानीपोखरी परिसरमा वृक्षारोपण
रानीपोखरी परिसरमा वृक्षारोपण
गोरखा ः लान्यस क्लव र लियो क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव इन्टरनेसनल ३२५ जे नेपाल अन्तर्गत रहेका क्लवहरुको आयोजनामा गोरखा नगरपालिका–६ स्थित रानिपोखरी परिसरमा वृक्षारोपण गरिएको लान्यस क्लव अफ गोरखा तारानगरका पुर्व अध्यक्ष यम बहादुर बसेलले बताए । शनिबार लान्यस क्लव अफ गोरखा, लान्यस क्लव अफ गोरखा तारानगर, लान्स क्लव गोरखा कालिका, लान्यस क्लव अफ बारपाक गोरखा, लान्यस क्लव अफ द ओल्ड क्यापिटल गोरखा, लान्यस क्लव अफ गोरखा डाइमण्ड, लान्यस क्लव अफ आरुघाट, लान्यस क्लव अफ गोरखा बज्रकालिका, लान्यस क्वल अफ गोरखा दरौदी हिमालयन, लियो क्लव अफ गोरखा र लियो क्लव अफ गोरखा तारानगर द्धारा १५० वटा विरुवा रोपिएको उनले बताए । धुपि, पारिजात, कपुर, अमला लगायतको विरुवा रोपिएको बसेलले जानकारी दिए ।