यौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ
यौन दुब्र्यवहारको आरोपमा एक जना पक्राउ
गोरखा ः १४ बर्षिय बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा पालुङटार नगरपालिका–५ का ३९ वर्षिय जगत वहादुर गन्धर्वलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।
संवेदनशिल अंगमा समाउने, सुमसुमाउने तथा अस्वभाविक गतिविधि गरेको भन्दै पिडितका आफन्त मार्फत आएको जाहेरीका आधारमा आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । आरोपित विरुद्ध आइतबार जिल्ला अदालत गोरखामा बाल यौन दुरुपयोग शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धानका लागि म्याद थप अनुमती लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।