८० बर्ष नाघेका निवृत्त शिक्षकलाई सम्मान
८० बर्ष नाघेका निवृत्त शिक्षकलाई सम्मान
गोरखा ः गुरु पुर्णिमाका अवसरमा ८० वर्ष नाघेका ९ जना निवृत्त शिक्षकहरुलाई अभिनन्दन गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज गोरखाले आइतबार सम्मान पत्र र दोसल्ला सहित अभिनन्दन गरेको हो ।
गण्डकी गाउँपालिकाका लाल वहादुर गुरुङ, गोरखा नगरपालिका–६ का विजय प्रसाद अधिकारी, सिरानचकेका तारापति शर्मा ढकाल, गोरखा नगरपालिका–७ का रामचन्द्र आचार्य, गोरखा नगरपालिका–८का कृष्ण वहादुर वस्नेत र टेक वहादुर थापा, दुर्गा भक्त ढकाल, पालुङटार नगरपालिका–८ का चुणा मणि कँडेल, भिमसेन थापा गाउँपालिकाका पुण्य प्रसाद खनाललाई अभिनन्द गरिएको हो । समाजका अध्यक्ष प्रेम वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुरथापा, गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर राना, सचिव नेपाल निवृत्त शिक्षक समाज केन्द्रिय समितिका उपाध्यक्ष गेहेन्द्र राज विष्ट, समाजका जिल्ला सचिव रामवावु श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । त्यस्तै सोहि कार्यक्रमको अवसरमा २०७८ माघ पछि निवृत्त भएका शिक्षकहरुलाई स्वागत पनि गरिएको छ ।