मन्टेश्वरी शिक्षण सिकाई सिप विकास तालिम सम्पन्न
मन्टेश्वरी शिक्षण सिकाई सिप विकास तालिम सम्पन्न
गोरखा ः गोरखा नगरपालिका–८ को नेपाल राष्ट्रिय भुतपुर्व सैनीक विद्यालयले ९ जनालाई मन्टेश्वरी शिक्षण सिकाई सिप विकास तालिम प्रदान गरेको छ ।
विद्यार्थीको रुचि, चाहना, क्षमता स्तर, अवस्था, आवश्यकता अनुसार बालमैत्री विधिबाट शिक्षण सिकाई गर्ने उदेश्यले विद्यालयका शिक्षीकाहरुलाई तिन दिने तालिम दिइएको विद्यालयका प्रध्यानाध्यापक विष्णु हरि अर्यालले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण वुढाथोकीको अध्यक्षतामा सोमबार भएको तालिम समापन कार्यक्रममा प्रध्यानाध्यापक विष्णुहरी अर्याल, अनुमगन समितिका संयोजक विष्णु प्रसाद देवकोटा, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघ उपसभापति जगदिश वस्नेत, विद्यालय ब्यवस्थापन समितिका सदस्य राम वहादुर खड्का द्रब्यशाह वहुमुखि क्याम्पसका सह प्रध्यापक कृष्ण प्रसाद पराजुली, सहभागीको तर्फबाट शिक्षिका पुष्पा गुरुङ, सञ्जिला राना, शुशिला लामिछाने लगायतले मन्तब्य राखेका थिए । तालिमको प्रशिक्षक शुसीला नेपालले सहजिकरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा सोहि विद्यालयबाट आधारभुत तह उत्तिर्ण गरि २०८० को एसईई परिक्षामा अन्य विद्यालयबाट सहभागी वनेका जेनीस वुढाथोकी, योगेशवावु देवकोटा, युनिका कुँवर, सार्थक पराजुली र केबिन थापालाई सम्मान गरिएको थियो । खादा र प्रमाणपत्रका साथ उनिहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।