भिमसेन थापामा शहिद वाटिकाको उद्घाटन
भिमसेन थापामा शहिद वाटिकाको उद्घाटन
गोरखा ः भिमसेन थापा गाउँपालिकामा निर्माण भएको शहिद बाटिकाको उद्घाटन गरिएको छ ।
प्रमुख प्रशासकीय भवन परिसरमा रहेको शहिद बाटिकाको वुधबार गाउँपालिका अध्यक्ष लोक प्रसाद वंजारा र प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा उद्घाटन गरिएको हो । शहिद बाटिकामा भिमसेन स्तभ्भ, शहिद स्तभ्भ र वेपक्ता स्तभ्भ रहेको छ । भिमसेन थापाको स्तभ्भ स्वरुप मिनि धरहरा निर्माण गरिएको छ । प्रदेश सरकारबाट विनियोजित २५ लाख बजेटबाट शहिद बाटिका लगायतका संरचना निर्माण गरिएको अध्यक्ष बंजाराले जानकारी दिए । शहिदहरुको सम्मान र स्मरणमा शहिद बाटिका स्थापना गरिएको उनको भनाई छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष बंजारा, प्रमुख जिल्ला अधिकारी दाहाल, निमिक्त प्रमुख प्रशासकीय अधिकृत यावहादुर नेपाली लगायतले मन्तब्य राखेका थिए ।