पर्यटन तथा उद्योग कार्यालयको ८४ प्रतिशत वित्तिय प्रगति
पर्यटन तथा उद्योग कार्यालयको ८४ प्रतिशत वित्तिय प्रगति
गोरखा ः पर्यटन तथा उद्योग कार्यालय गोरखाको आर्थिक बर्ष २०८०÷८१ मा ८४.८२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
३ करोड ३८ लाख २४ हजार कूल बजेट अन्तरगत २ करोड ८६ लाख ९१ हजार ६८ रुपैया खर्च भएको पर्यटन तथा उद्योग कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक बर्ष २०८०÷८१ को तथ्याङ्क अनुसार चालु तर्फ १ करोड ७ लाख २४ हजार बजेट अन्तगरत ६३ लाख ५३ हजार ६ सय ४१ खर्च भएको छ । चालु तर्फ ५९.२४ प्रतिशत वित्तीय प्रगति रहेको जनाएको । त्यस्तै पूँजीगत तर्फ २ करोड ३१ लाख बजेट अन्तगरत २ करोड २३ लाख ३७ हजार ४ सय २७ खर्च भइ ९६.६९ प्रतिशत प्रगति रहेको कार्यालयले जनाएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाको पर्यटन पूर्वाधार तर्फ १९ वटा योजना अन्तगरत १९ वटै योजना सम्पन्न भएको छ भने थप भएको २ वटा योजना मध्य १ वटा पूर्ण रुपमा सम्पन्न भएको छ । अर्को १ योजना आंशिक रुपमा सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्षमा पर्यटन तथा उद्योग कार्यालय गोरखा द्धारा ३ वटा पर्यटकीय पार्क निर्माण गरिएको छ भने ६.८२५ किलो मिटर पदमार्ग निर्माण गरिएको कार्यलय प्रमुख सुर्य भुजेलले बताए । गत आर्थिक वर्षमा कार्यालय द्धारा संचालित कार्यक्रम अन्तगरत बजार अनुगमन १० पटक गरिएको भुजेलले बताए । त्यस्तै २ वटा सीप बिकास तालिमबाट ४१ जना महिलाहरु लाभान्वित भएका थियो । १९ जना महिला र ४ जना पुरुष गरि २३ जनालाई प्रविधि हस्तान्तरण गरिएको भुजेलले बताए । कार्यालय द्धारा विभिन्न दिवश मनाउने, विद्यालयस्तरमा उपभोक्ता सचेतना कार्यक्रम सन्चालन ६ ठाउँमा, उद्योग÷ व्यवसाय दर्ता शिविर ७ स्थानीय तहमा सन्चालन, २ वटा कोशेली घर स्थापनारर सन्चालन, उद्योग÷वाणिज्य प्रशासन सम्बन्धी तथ्यङ्कहरुको विद्युत्तीय अभिलेखी करण प्रविष्टी गर्ने कार्य सम्पन्न गरिएको भुजेलले बताए ।