मनास्लु क्षेत्र ९ हजार ५ सय वढी पर्यटक
मनास्लु क्षेत्र ९ हजार ५ सय वढी पर्यटक
गोरखा ः आर्थिक बर्ष २०८०÷८१ को एक वर्षको अवधिमा ९ हजार ५ सय ८२ जना पर्यटनले मनास्लु क्षेत्र भ्रमण गरेका छन् ।
मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार दुइ सय ५ जना सार्क राष्ट्र तथा ९ हजार ५ सय ८२ जना अन्य राष्ट्रका पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका हुन् । गत आर्थिक वर्षको असोज महिनामा सवै भन्दा धेरै पर्यटनहरुले मनास्लु क्षेत्र भ्रमण गरेको एमक्यापको तथ्याङ्कमा उल्लेख छ । २८ जना पुरुष र १० जना महिला गरि ३८ जना सार्क राष्ट्र र एक हजार ४ सय ८८ जना पुरुष र एक हजार १ सय २८ जना महिला गरि दुइ हजार ६ सय १६ जनाले असोज महिनामा मात्र मनास्लु क्षेत्र पुगेका एमक्यापले जनाएको छ ।
त्यस्तै साउन महिनामा पुरुष ४६ र महिला ३४ गरि ८० जना पर्यटकले भ्रमण गरेका छन् । भदौ महिनामा सार्क राष्ट्रका २८ जना पुरुष र ४ जना महिला अन्य राष्ट्रका ३ सय ५४ जना पुरुष, १ सय ६९ जना महिला र १ जना अन्य गरि ५ सय १५ जना मनास्लु पुगेका छन् । कातिक महिनामा सार्क राष्टूबाट पुरुष ४० र महिला ७, अन्य राष्ट्रबाट १ हजार ३ सय २९ पुरुष, १ हजार ३३ जना महिला र २ जना अन्य गरि २ हजार ३ सय ६४ जना, मंसिरमा सार्क राष्ट्रका २ जना पुरुष र ४ जना महिला, अन्य राष्ट्रका २ सय ७ जना पुरुष र १ सय ७ जना महिला गरि ३ सय १४ जना मनास्लु भ्रमण गरेका छन् । त्यस्तै पुषमा अन्य राष्ट्रका ४४ जना पुरुष र २२ जना महिला गरि ६६ जना, माघमा अन्य राष्ट्रका पुरुष १२ जना र ७ जना महिला गरि १९ जनाले मनास्लु क्षेत्र भ्रमण गरेको एमम्यापले जनाएको छ । फागुन महिनामा भने सार्क राष्ट्रका ९ पुरुष र ३ महिला अन्य राष्टूका २ सय ८६ जना पुरुष र २३१ जना महिला गरि ५ सय १७ जना, चैतमा सार्क राष्टूका ८ जना पुरुष र ९ जना महिला, अन्य राष्टूका ९ सय ८१ पुरुष, ८ सय २९ महिला र अन्य १ गरि १ हजार ८ सय ११ जनाले मनास्लु क्षेत्रको भ्रमण गरे । वैशाकमा सार्क राष्टूका २२ जना पुरुष र २२ जना महिला, अन्य राष्टूका ६ सय ६६ जना पुरुष र ४ सय ६६ जना महिला गरि १ हजार १ सय ३२ जना मनास्लु पुगेका छन । जेठमा सार्क राष्टूका ४ जना पुरुष र २ जना महिला, अन्य राष्टूका ७१ जना पुरुष र ६१ जना महिला गरि १ सय ३२ जना तथा असार महिनामा सार्क राष्टूका ३ जना पुरुष र अन्य राष्टूका ९ जना पुरुष र २ जना महिला गरि १९ जना मनास्लु क्षेत्र भ्रमण गर्नका लागि पुगेको एमक्यापले जनाएको छ ।
एमक्यापका अनुसार मनास्लु क्षेत्र असोज र कातिक महिना पद यात्राको लागि उपयुक्त मानिन्छ । गत आर्थिक पर्यटक भ्रमण गरेवापत बर्ष २ करोड ५६ लाख ७४ हजार ७ सय ३५ रुपैया राजस्व सङ्कलन भएको पनि एमक्यापको तथ्याङ्कमा उल्लेख रहेको छ ।
आर्थिक बर्ष २०७९÷८० को तथ्याङ्क अनुसार ७ हजार ७ सय ५ जना पर्यटकहरु मनास्लु क्षेत्र भ्रमण गरेका थिए । गत आर्थिक बर्ष अहिले सम्मकै सबै भन्दा धेरै पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरि नयाँ रेकड रहेको एमक्यापले जनाएको छ ।