गोरखकाली मन्दिर जाने बाटोमा वृक्षारोपण
गोरखकाली मन्दिर जाने बाटोमा वृक्षारोपण
गोरखा ः उद्योग बाणिज्य संघले गोरखकाली मन्दिर जाने बाटोको दायाँवायाँ बृक्षारोपण गरेको छ । शनिबार उद्योग बाणिज्य संघ गोरखले ४० वटा विभिन्न प्रजातिका विरुवा गोरखकाली मन्दिर जाने बाटो क्षेत्रमा वृक्षारोपण गरिएको उद्योग बाणिज्य संघ गोरखका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।
‘वृक्षारोपण सँगै विरुवा संरक्षण पनि गरेका छौँ,’ उनले भने । ३० वटा जाली प्रयोगबाट विरुवाको संरक्षण गरिएको उनले बताए । वृक्षारोपण सँगै विगतका वर्ष रोपिएका विरुवाहरुको पनि गोडमेल गरिएको छ । गोरखकाली मन्दिर जाने बाटोमा पर्यटकहरुलाई सौन्दर्यता देखिने खालका विरुवा रोपिएको छ । असारे फुल, तेजपत्ता, कपुर, अमला लगायतका विरुवा रोपिएको श्रेष्ठले बताए । उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना, उद्योग बाणिज्य संघ केन्द्रीय सदस्य जिवन जोति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्के लगायतको सहभागि रहेको थियो ।