धार्चेको रेसेमा पहिरो, ५ जना वेपत्ता, दुइ जना घाइते
धार्चेको रेसेमा पहिरो, ५ जना वेपत्ता, दुइ जना घाइते
गोरखा ः धार्चे गाउँपलिका–५ गुम्दा स्थित रेसेफाँटमा पहिरोमा परी ५ जना वेपक्ता वनेका छन् ।
आइतबार विहान करिव तिन वजेतिर खसेको पहिरोले स्थानीय जीतवहादुर गुरुङको तिन जनाको परिवार सहित ५ जना बेपत्ता वनेका हुन् । धार्चे गाउँपालिका–५ रेसेफाँटका ३७ बर्षिय जीत वहादुर गुरुङ, उनकी श्रीमती ३५ बर्षिय कान्छी गुरुङ, उनका वुवा ६० बर्षिय सुलाल कान्छा गुरुङ, सिङला घर भएका ३३ बर्षिय रमेश गुरुङ र ट्याक्टर चालक २४ बर्षिय रमेश परियार बेपत्ता बनेका हुन् । बस्ती माथिबाट खसेको पहिरोले जीतवहादुरको कृषि फर्म सहित १ घर वगाएको छ । जीतवहादुरले बाख्र्रा, हाँस, वङगुर पालन गरि फर्म संचालन गर्दै आएका थिए । पहिरोमा परी धार्चे गाउँपालिका–५ सिङलाका ३५ बर्षिय दिलिप गुरुङ र २७ बर्षिय छमवहादुर गुरुङ घाइते भएका छन् । दिलिपको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गभ्भिर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । छमवहादुरको अवस्था भने सामान्य छ । घाइते दुवै जनालाई आइतबार कैलाश एयरको हेलिकप्टर मार्पmत उपचारका लागि काठमाडौ पठाइएको छ । घाइतेहरुको काठमाडौ स्थित ग्राण्डी हस्पीटलमा उपचार भइरहेको छ । पहिरोमा परी वेपक्ता भएकाहरुको आइतबार दिनभर खोजी गरिएपनि फेला नपरेको प्रहरीले जनाएको छ । ‘वेपक्ता भएकाहरु भेटिएका छैनन्, घर भएको ठाउँमा केहि खाट र ७ वटा सिलिण्डर फेला प¥यो, मानिसहरु फेला परेका छैनन्,’ उनले भने,‘आज(आइतबार) रातपनि प¥यो अव भोली(सोमबार) विहानबाटै खोजी शुरु गर्छौँ ।’
त्यस्तै प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले धार्चेको रेसेमा गएको पहिरोमा परेकाहरूलाई उद्धारका लागि सरकारले विलम्ब गरेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोलेका सांसद बजगाईले धार्चे रेसेफाँटको पहिरोमा ५ जना बेपत्ता र २ जना घाइते रहेको बताए । पहिरोमा परेकाहरूको उद्धारका लागि नेपाल सरकारसँग हेलिकप्टर माग गर्दा विलम्ब गरेको उनले बताए । ‘गृह मन्त्रालयबाट हेलिकप्टर पठाउनका लागि विलम्ब गरियो । निजी कम्पनीको हेलिकप्टरबाट घाइतेको उद्धार गरियो,’ बजगाईले भने, ‘नुवाकोट र धादिङको आकाशमा प्रतिकूल मौसमका कारण नेपाली सेनाको हेलिकप्टर उड्न सकेन भनिएको थियो । तर निजी हेलिकप्टरले कसरी उडान ग¥यो र उद्धार ग¥यो ? यसबारे गृहमन्त्रीसँग पनि प्रश्न गरेको छु । सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको होला ।’ उनले उद्धारमा विलम्ब गर्नेजस्ता त्रुटि आगामी दिनमा नगर्न पनि आग्रह गरेका छन् ।