उत्कृष्ट ६ वन समुह पुरस्कृत
उत्कृष्ट ६ वन समुह पुरस्कृत
गोरखा ः डिभिजन वन कार्यालय गोरखाले ६ वटा वन समुहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष वन संरक्षण लगायतका क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने बन समुहलाई पुरस्कृत गरिएको हो ।
सामुदायिक बन उपभोक्त समुह तर्फ भिमसेन थापा गाउँपालिका–६ थाकलडाँडा सामुदायिक बन उपभोक्त समुह ९३.३ प्रतिशत अंक ल्याउदै पहिलो बनेको छ । गोरखा नगरपालिका–१३ को लक्ष्मि महिला सामुदायिक बन उपभोक्त समुहले ९१.१ प्रतिशत अंक ल्याउदै दोस्रो बनेको छ । पालुङटार नगरपालिका–७ कालिका सामुदायिक बन उपभोक्त समुह ८८.८ प्रतिशत अंक ल्याउदै तेस्रो बनेको छ । कबुलियती वन समुह तर्फ गण्डकी गाउँपालिका–१ पिपलडाँडा कबुलियती वन समुह ९७.१ अंक ल्याउदै पहिलो बनेको छ । भिमसेनथापा गाउँपालिका(१ मसेल विमिरे खाल्डो कबुलियती वन समुह ९१.४ अंक दोस्रो बनेको छ भने अजिरकोट गाउँपालिका–४ आरनडाँडा कबुलियती वन समुह ८८.५ अंक तेस्रो बनेको छ । पहिलो दोस्रो र तेस्रो हुने वन समुहले क्रमश ७५ सय, ५५ सय सय ३५ सय पुरस्कार पाएका छन् । सोमबार भएको प्रगति समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापाले वन समुहलाई पुरस्कार वितरण गरेका थिए ।