सेभेन ‘ए’ फुटबल प्रतियोगितामा धारापानी एफ सी पहिलो
सेभेन ‘ए’ फुटबल प्रतियोगितामा धारापानी एफ सी पहिलो
गोरखा ः धारापानी फुटबल क्लव को आयोजनामा भएको सेभेन ‘ए’ साइट फुटबल प्रतियोगितामा आयोजक धारापानी एफ सी पहिलो बनेको छ ।
सदरमुमकाम स्थित हरमटारी रंगशालामा बिहीबार धारापानि एफ सी र वि.वि.ए.डब्लु विच भएको फाइनल खेलको निर्धारित समयमा १–१ गोलको वरावरी भएपछि पेनाल्टीमा ३–४ गोल अन्तरले धारापानी विजय बनेको हो । बुधबार भएको सेमिफाइनल खेलमा अरुघाट एफ सीलाई पेनाल्टीमा हराउँदै धारापानी एफ सी विजय बनेको थियो भने बारपाक सुलिकोटलाई ४–१ गोल अन्तरले हराएर वि.वि.ए.डब्लु विजय बनेको थियो । पहिलो हुने टिम टिम धारापानी एफसीले ४० हजार नगदको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै दोस्रो बनेका वि.वि.ए.डब्लुले २० हजार नगदको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ । १२ गतेबाट सुरु भएको प्रतियोगिता ६ दिन सम्म संचालन भएको आयोजकले जनाएको छ । प्रतियोगितामा २३ टिम सहभागि रहेका थिए ।