रेसेफाँटको पहिरोमा वेपत्ता बनेका एक जनाको शव भेटियो
रेसेफाँटको पहिरोमा वेपत्ता बनेका एक जनाको शव भेटियो
गोरखा ः गत आइतबार धार्चे गाउँपालिका–५ गुम्दा स्थित रेसफाँटको पहिरोमा परि वेपत्ता बनेका रमेश परियार मृत भेटिएका छन् ।
६ दिन पछि परियारको शव घटनास्थल भन्दा करिव दुइ किलोमिटर तल रेशेखोलामा भेटिएको हो । आरुघाट गाउँपालिका–८ लामागाउँका २४ बर्षिय परियार ट्याक्टर चालक हुन् । शुक्रबार रेशेखोलामा शव भेटिएको थियो । शवको पहिचान गरि परिवारको जिम्मा लगाइएको पनि प्रहरीे जनाएको छ । आइतबारको पहिरोमा परी परियार सहित पाँच जना वेपत्ता बनेका थिए । चार जनाको शव भने सोमबार भेटिएको थियो । पहिरोमा परी वेपत्ता बनेका ७० बर्षिय सुलाल कान्छा गुरुङ, ३७ बर्षिय जीत वहादुर गुरुङ, ३३ बर्षिय रमेश गुरुङ र ३५ बर्षिय कान्छी गुरुङको शव भेटिएको छ । पहिरोमा परि घाइते बनेका दुइ जनाको भने काठमाडौ टूमा सेन्टरमा उपचार भइरहेको छ ।