एक बर्षको अवधिमा ६३.६ प्रतिशत मुद्धा फर्छौट
एक बर्षको अवधिमा ६३.६ प्रतिशत मुद्धा फर्छौट
गोरखा ः जिल्ला अदालत गोरखाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ६३.६ प्रतिशत मुद्धा फर्छौट गरेको छ ।
अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेको दुइ सय ६२, नयाँ दर्ता ७ सय १८ गरि ६ सय २३ वटा मुद्धाको लगत रहेको थियो । ति मध्ये अव तिन सय ५७ वटा मुद्धा फर्छौट हुन वाँकी रहेको अदातले जनाएको छ । गत आर्थिक बर्ष ६ सय २३ मुद्धा फर्छौट भएको छ । गत आर्थिक बर्ष लक्ष्यको तुलनामा १०४.३५ प्रतिशत प्रगति रहेको अदालतका श्रेस्तेदार मदन राज भट्टराइले बताए । ५ सय ९७ मुद्धा फर्छौट गर्ने लक्ष्य रहेकोमा ६२३ मुद्धा फर्छयौट भएको उनले बताए । बाँकी रहेको तिन सय ५७ मुद्धा मध्ये ६ महिना भित्रको २ सय ५७, ६ महिना नाघेको ६१, १ बर्ष देखि १८ महिना भित्रको ३३ र १८ महिना देखि २ बर्ष भित्रको ६ वटा मुद्धा रहेको पनि उनले बताए । दुनियावादी देवानी तर्फ जिम्मेवारी सरि आएको १ सय ९१ र नयाँ लगत ५४७ गरि ७३८ मुद्धा रहेको अदालतले जनाएको छ । दुनियावादी देवानी तर्फको ४ सय ९० मुद्धाको फर्छयौट भएको र दुइ सय ४८ वाँकी रहेको छ । दुनियवादी फौजदारी तर्फ जिम्मेवारी सरि आएको ३८ र नयाँ लगत ३६ गरि ७४ वटा मुद्धा रहेको थियो । ति मध्ये ४२ वटा फर्छयौट भएको र ३२ वटा वाँकी रहेको छ । त्यस्तै गत आर्थिक बषर्ब ज्यान सम्वन्धि मुद्धामा १२ मध्ये १ मुद्धाको फर्छौट भएको । जवरजस्ती करणीको ३२ मधये ७ वटा फर्छौट भएको र २५ वटा वाकी रहेको, वहुविवाह ८ मध्ये ४ वटाको फर्छौट भएको र ४ वटा वाकी रहेको, अवैध रुपमा वन पैदावारको ५ मध्ये ५ वटा फर्छौट भएको छ । त्यस्तै ठगीको १ वटा मुद्धा दर्ता भएकोमा फर्छौट भएको छ । सवै प्रकारको चोरी अन्तरगत १९ वटा मुद्धा मध्ये ४ वटा फर्छौट भएको र १५ वटा वाँकी रहेको, अपराधिक उपद्रवको ४ मध्ये ३ वटा फर्छौट भएको र १ वाकीँ रहेको, लागु औषधको २ मध्ये १ वटा फर्छौट भएको र १ वटा वाँकी रहेको, लागु औषधको दुइ वटा मुद्धा मध्ये १ वटा फर्छौट भएको र १ वटा वाँकी रहेको, आत्महत्या दुरुत्साहनको १ मध्ये १ फर्छौट भएको, विद्युतीय अपराधको १ मध्ये १ मध्ये १ वटा वाँकी रहेको छ । हाल ६१ जना थुनुवा रहेको र ति मध्ये २ बालवालिका, २ महिला र ५७ पुरुष रहेको पनि कार्यालयले जनाएको छ । मेलमिलाप अन्तरगत जिम्मेवारी सरि आएको ३८ र मेलमिलापमा पठाएको नयाँ मुद्धा १ सय ७७ गरि दुइ सय १५ वटा रहेको थियो । ति मध्ये १० वटा सफल भएको र १ सय ७८ वटा असफल भएको पनि आइतबार भएको प्रगति विवरण सार्वजनिक कार्यक्रममा जानकारी गराइएको थियो । त्यस्तै जिल्ला अदालत गोरखामा एक बर्षको अवधिमा चार सय ३६ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । कुल मुद्धाको ६०.७२ प्रतिशत सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधिश शिव वहादुर रानाभाटको अध्यक्षतामा कार्यक्रम भएको थियो ।