ग्रामिण सडकको यात्रा सकस
ग्रामिण सडकको यात्रा सकस
बारपाक–लाप्राक सडक अवरुद्ध, बेनिघाट–आरुघाट सडक खण्डको ज्यादुलखोमा रहेको डाइभर्सनको पहुँचमार्ग वगाएपछि आउजाउमा समस्या
गोरखा ः बर्खा लागे सँगै ग्रामिण सडकको यात्रा सकस वनेको छ । कतिपय ग्रामिण सडक अवरुद्ध बनेका छन् । केहि ग्रामिण कच्चि सडकमा भने खाल्डा खुल्डी पर्ने, पहिरो खस्ने जस्ता समस्याले आउजाउमा समस्था थपिएको छ ।
बर्खा लागे सँगै बारपाक–लाप्राक सडक खण्ड अवरुद्ध भएको छ । मम्चे नजिकै असारको दोस्रो हप्ता पहिरो खसेपछि सवारी संचालन हुन सकेको छैन । सडकमा पहिरो खसेसँगै सवारी साधान लाप्राक तथा गुम्दा पुग्न सकेका छैनन् । बर्खा लागे देखि नै सवारी संचालन हुन नसकेको धार्चे–४ का वडा अध्यक्ष किसान गुरुङले बताए । सवारी संचालन हुन नसक्दा स्थानीयले सास्ती भोगेका छन् । सवारी चल्नै नसक्ने गरि सडक भासिएको उनले बताए । ‘सवारी संचालन हुन नसकेपछि अहिले पैदल नै आउजाउ भइरहेको छ,’ उनले भने । वर्खाले सडक अवरुद्ध हुँदा उपभोग्य सामाग्री गाउँ पु¥याउन पनि नसकिएको स्थानीयहरुले बताए । स्तरोउन्नतीका लागि ठेक्का लागेको सडकको काममा ढिलाई हुँदा सास्ती भोग्नुपरेको उनले बताए । ‘बाटो बनाउँदा नालाबाट पानी काटेर ब्यवस्थापन मिलाएको भए जपोखिम कम हुनथ्यो,नाली नहुँदा सडकमा पानी जमेर पहिरो खस्यो,’ उनले भने । २०७७ जेठ ९ गते ठेक्का सम्झौता गरि उत्र सडक स्तरोउन्नतीको काम शुरु भएको थियो । २०७९ जेठ २२ निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि हाल सम्म प्रगति न्यून छ ।
त्यस्तै भिमसेन थापा गाउँपालिका–७ स्थित ज्यादुलखोलामा पुलको पहुँचमार्ग वगाएपछि सवारी आउाजउमा समस्या थपिएको छ । बेनिघाट–आरुघाट सडक खण्ड अन्तरगतको ज्यादुलखोलाको पुलमा बाढीले क्षती पु¥याएपछि आउजाउमा समस्या भएको हो । गत असार अन्तिम साताको वाढीले भिमसेन थापा गाउपालिका–७ र शहिद लखन गाउँपालिका–८ जोड्ने ज्यादुलखोलाको डाइभर्सन पुलमा क्षती पु¥याएको थियो । ‘१४ वटा ह्वीमपाइप राखेर पुल निर्माण भएको थियो, अहिले दुवै तर्फ खोलाले खोलेर पुलमा सवारी चढ्न नमिल्ने वनेको छ,’ भिमसेन थापा गाउपालिका७ का वडा अध्यक्ष नारायण श्रेष्ठले भने । प्रदेश सरकारको ३५ लाख वजेटबाट बनेको उत्त डाइभर्सन एक वर्ष नपुग्दै क्षती पुगेको छ । अहिले खोला घटेको वेला सवारी मुस्कीलले आउजाउ गरिरहेको उनले बताए । ‘खोला घटेको वेला सवारी हरु पुल नजिकैबाट आउजाउ भइरहेको छ, सानो पानी परे क्यामुनटारबाट सिमलटार हुदै झिडगटेको बाटो बाट आउजाउ भएको छ,’ उनले भने । उत्त स्थानमा बेलीवृज बनाउने योजना रहेको पनि उनले बताए । तत्कालका लागि भने बर्खा सकिएपछि ग्याविन जाली राखेर बाटो संचालनमा ल्याउने उनले बताए ।