बाल अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न
बाल अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न
गोरखा ः गोरखा नगरपालिका–१२ स्थित महेन्द्र मावि कुन्दुरमा बाल अधिकार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उत्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
उत्त कार्यक्रममा विद्यार्थिहरुलाई मानव अधिकार, बाल अधिकार र गोरखा जिल्लाको स्थानीय विषय संग सम्वन्धीत विविध विषयमा मानव अधिकार संजालका संयोजक अध्यक्ष यदु अधिकारीले प्रशिक्षण दिएका थिए । महेन्द्र माविका प्रधानध्यापक गोपाल बाबु मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा छात्र बाल कल्याणका अध्यक्ष रेजा कुमाल, सहायक प्रधानध्यापक हिमनाराण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।