सचेतनाका लागि लघु चलचित्र ‘मेलमिलाप’निर्माण
सचेतनाका लागि लघु चलचित्र ‘मेलमिलाप’निर्माण
धार्चे गाउँपालिकाको न्यायीक समितिमा एक वर्षमा ३५ निवेदन
गोरखा ः धार्चे गाउँपालिकाले लघु चलचित्र‘मेलमिलाप’को निर्माण गरेको छ ।
गाउँपालिकाको न्यायिक समितिले सचेतनामुलक लघु चलचित्र ‘मेलमिलाप’ निर्माण गरेको हो । लघु चलचित्रको प्रकाश भट्टले निर्देशन गरेका छन् । न्यायकि समिति, मेलमिलाप केन्द्रको काम कर्तब्य अधिकारको विषय चलचित्रमा समेटिएको गाउँपालिकाकी उपप्रमुख सुनिला गुरुङले जानकारी दिइन् । ‘कस्ता उजुरी न्यायीक समितिमा जाने, कस्ता मेलमिलाप केन्द्र र कस्ता निवेदन प्रहरीमा जाने भन्ने विषयमा पनि भिडियो मार्फत जानकारी दिइएको छ,’ उनले भनिन् । गाउँपालिकाले पालिका भित्रका ७ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । ‘न्यायिक समितिले गर्ने कामको वारेमा सचेतना पनि हो,’ उनले भनिन्,‘कतिपय स्थानीयहरुलाई कस्ता विषयवस्तु न्यायिक समितिमा निवेदन दिने भनेर जानकारी सम्म छैन, फेरि न्यायिक समितिमा जाने उजुरी पनि प्रहरीमा दिने गरिएको छ, जनचेतनाका लागि पनि यो भिडियो तयार पारेका हौँ ।’ उत्त लघु चलचित्र पालिका भित्रका प्रत्येक वडामा उपलब्ध गराउने उनले जानकारी दिइन् । चलचित्रमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुती रहेको छ । सुरविर पण्डित, पल्पसा डङ्गोल, जुनु गुरुङ, सुस्मिता गुरुङ, राज गोर्खाली, विसन गुरुङ, आशु लामा, विमला गुरुङ, कुशल घले लगायतको प्रस्तुती रहेको छ । धार्चे–६ को काशिगाउँ, माछाखोला लगायतका स्थानमा लघुचलचित्रको छायाङ्कन गरिएको छ । उत्त लघु चलचित्रको मंगलबार एक कार्यक्रमका विच जिल्ला न्यायधिश शिव वहादुर रानाभाटले विमोचन गरे । त्यस्तै धार्चे गाउँपालिकाको न्यायिक समितिमा गत आर्थिक बर्ष ३५ वटा निवेदन दर्ता भएको छ । ति मध्ये ३ वटा मात्र वाकीँ रहेको र ३२ वटा निवेदनको फर्छौट भएको उपाध्यक्ष गुरुङले जानकारी दिइन् । धेरैजसो उजुरी झैझगडा, छाडा चरिचरण, घरेलु हिंसा, ज्याला नदिएको लगायतका परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा न्यायीक समितिमा उजुरी वढेको उनले बताइन् । न्यायिक समितिमा आउने उजुरीका वारेमा समुदायमा पुगेर पनि गाउँपालिकाले सचेतना दिएको थियो ।