बन क्षेत्रको रोयल्टी बापत २३ लाख संकलन
बन क्षेत्रको रोयल्टी बापत २३ लाख संकलन
गोरखा ः बन क्षेत्रको डिभिजन वन कार्यालयले गत आर्थिक बर्ष वन क्षेत्रको रोयल्टी बापत २३ लाख तिन हजार चार सय १२ रुपैयाँ संकलन गरेको छ ।
जडिवुटी संकलन, जोखिमयुत्त आयोजना लगायतबाट उत्त रोयल्टी संकलन भएको हो । जिल्लाको बन क्षेत्रबाट एक दर्जन भन्दा वढी जडिवुटी संकलन गरि विक्रि भएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष दुइ हजार १ सय ७९ केजी चिराइतो संकलन भएको छ । चिराइतो निकासी बाट मात्र ३२ हजार चार सय ६० रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै दुइ हजार एक सय ८० केजी जटामसी, ६ सय केजी पदमचाल, एक हजार नौ सय ४३ केजी निरमसी संकलन गरि विक्रि भएको छ । जटामसी निकासीबाट एक लाख ३८ हजार, ६ सय केजी पदमचालबाट ६ हजार राजश्व संकलन भएको छ । सेतकचेनी ६० किलो निकासी गरि १५ सय, नागवेली चार सय केजी संकलन गरि १८ हजार सात सय ७० निकासी बापत राजश्व संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । त्यस्तै कुट्की ९ सय ३८ केजी संकलन हँुदा ३७ हजार ५ सय २०, लोक्ता १९ सय ८० केजी संकलन गरि निकासी वापत ९ हजार नौ सय रुपैया संकलन भएको छ । पाषनवेद ६ हजार ७ सय ५० केजी संकलन गरि ४६ हजार दुइ सय ५० रुपैयाँ निकासी बापतको राजस्व संकलन गरिएको छ । कालादाना ५ सय ३५ केजी संकलन हुँदा ३ हजार सात सय ४५ रुपैयाँ, मजिठो ७ सय १५ केजी संकलन गरि चार हजार नौ सय ५६ रुपैयाँ, दालचिनि ७५ केजी संकलन गरि ७ सय ५० रुपैयाँ, सुगनधवाल १० केजी संकलन गरि एक सय रुपैयाँ राजश्व संकलन भएको छ । कालोमुसली दुइ हजार केजी संकलन गरि २० हजार निकासी वापत दुइ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै अल्लो ५ हजार ६ सय ४६ दशमलव ९७ केजी संकलन हुँदा निकासी बापत ३९ हजार पाँच सय ३८ रुपैयाँ, कुरिलो १ सय २० केजी संकलन गरि ६०० रुपैयाँ, तेजपक्ता ५ सय केजी संकलन गरि १५ सय रुपैयाँ, वन लसुन ८० केजी संकलन हुँदा एक हजार दुइ सय रुपैयाँ राजश्व संकलन भएको छ ।