मनकामना–गोरखा दरवार पर्यटकीय सर्किटको रुपमा विकास गर्न अन्तरक्रिया

मनकामना–गोरखा दरवार पर्यटकीय सर्किटको रुपमा विकास गर्न अन्तरक्रिया


शनिबार, साउन २६, २०८१


मनकामना–गोरखा दरवार पर्यटकीय सर्किटको रुपमा विकास गर्न अन्तरक्रिया

गोरखा ः मनकामना–गोरखा दरवारलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्न अन्तरक्रिया भएको छ ।

विहिबार मनकामनामा भएको अन्तरक्रियामा मनकामना मन्दिर आउने भक्तजनलाई गोरखा दरवार सम्म ल्याउने बतावरण बनाउनुपर्नेमा सहभागीले जोड दिए । मनकामना आउने मध्ये कम्तिमा पनि ४० प्रतिशत धार्मिक पर्यटक गोरखकाली मन्दिर सम्म ल्याउन सके पर्यटकीय गतिविधि वढ्ने विश्वास गरिएको छ । ‘धार्मिक पर्यटकीय सर्किटको रुपमा विकास गरेर अघि वढ्न सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने,‘दुइ मन्दिरलाई एउटा रुट सँग जोड्ने र पर्यटक भित्राउन परि पुरकको भुमिका खेल्ने तवरले अघि वढौँ ।’ पर्यटकलाई एक रात वास वस्ने गरि आकर्षित गर्न सकिए अर्थिक विकासको संभावना रहेको उनले बताए । यसका लागि प्रचार प्रसारको जरुरत रहेको सहभागीको भनाई छ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकालाई जोड्ने सडक पुर्वाधारको स्तरोउन्नतीमा ध्यान दिन सके पर्यटकलाई आउजाउमा सहज वन्ने मनकामनाका मुल पुजारी इन्सान थापाले बताए । ‘गाडीमा आउने भक्तजनलाई अहिले पनि आउजाउमा समस्या छ, सडक स्तरोउन्नतीमा ध्यान दिनुपर्छ,’ उनले भने,‘मनकामना आउने अधिकाशं पर्यटक भारतीय छन्, ट्राभल्स एजेन्सी सँग कुराकानी गरेर पनि मनकामना र गोरखकाली मन्दिर सम्म पुग्ने बातावरण बनाऔँ ।’ मनकामना बाट गोरखकाली दरवारलाई जोड्ने गरि पर्यटकीय सर्किट बनाउन विभिन्न चरणमा छलफल भइरहेको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘गोरखा ऐतिहासिक जिल्ला पनि हो, ऐतिहासीक नगरी गोरखा र धार्मिक र सास्कृतिक हिसावले महत्वपुर्ण मानिएको मनकामनालाई कसरी पर्यटकीय हिसावले जोड्न सकिन्छ, यसमा केन्द्रित छौँ,’ उनले भने,‘दुइ मन्दिरलाई जोडन सकिए पर्यटन प्रवद्र्धनको हिसवाले ठुलो उपलब्धी हासिल हुन्छ ।’ मनकामना क्षेत्रमा गोरखकाली, गोरखा दरवारको ब्रोसरको माध्यमबाट प्रचार प्रसार गर्ने तवरले स्टल राख्ने लगायतका विषयमा पनि छलफल भएको थियो । सडक मार्ग पनि पहिलेको तुलनामा सुधार भएको र कालोपत्रेका लागि दुवै पालिकाले पहल थाल्नुपर्ने कार्यक्रमका सहभागीले बताए । कार्यक्रममा गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष काजीवावु श्रेष्ठ, जेष्ठ नागरिक संघका अध्यक्ष मोहन लाल श्रेष्ठ, विष्णु राना लगायतको सहभागीता रहेको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda