भदौ १० गते तिज गित प्रतियोगीता हुने
भदौ १० गते तिज गित प्रतियोगीता हुने
गोरखा ः भदौ १० गते गोरखा नगरपालिका स्तरीय तिज गित प्रतियोगीता हुने भएको छ । लायन्स क्लव अफ गोरखा कालिकाको आयोजनामा गोरखा नगरपालिका–६ रानीपोखरी परिसरमा प्रतियोगीता हुन लागेको हो ।
सहभागी समुहले ‘खुसी वाढौ’ भन्ने नारामा आधारीत भएर प्रस्तुती दिनुपर्ने शनिबार भएको पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष शारदा खत्रीले बताइन् । प्रतियोगीतामा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रोले २० हजार र सान्त्वना दुइ समुहलाई ५÷५ हजार नगद र प्रमाणपत्र पुरस्कार पाउने छन् । सहभागी टिमबाट गितको प्रस्तुतीमा उत्कृष्ट नृत्य प्रस्तुतकर्ता १ जनालाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगीतामा गोरखा नगरपालिका भित्र संचालित रहेको महिला समुहको सहभागीता रहने छ । प्रतियोगीतामा कम्तिमा ८ जना महिला र बढिमा १० जनाको समुहलाई मात्र मान्यता दिने तथा सहभागी समुहलाई भदौ ७ भित्र समुह दर्ता गराउनुपर्ने पनि आयोजकले जनाएको छ । प्रतियोगीतामा सहभागी समुहले वढीमा १० मिनेट भित्र आफ्नो प्रस्तुती सक्नुपर्ने, गीतको वोलमा राजनैतीक, जातिय आक्षेप, ब्याक्तिगत र घोचपेच तथा गितमा अश्लिल शब्दको प्रयोग गर्न नपाइने पनि आयोजकले जनाएको छ । गोरखा नगरपालिकाका १४ वटा वडाबाट दुइ÷दुइ समुह प्रतियोगीतामा सहभागी वन्ने आयोजकले जनाएको छ । प्रतियोगीता संचालनका लागि ६ लाख ९० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।