रोटरी क्लवको पदस्थापना सम्पन्न
रोटरी क्लवको पदस्थापना सम्पन्न
गोरखा ः रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापना सम्पन्न भएको छ ।
शनिबार सदरमुकाममा भएको एक कार्यक्रमका वीच रोटरी बर्ष २०२४÷२५ का लागि विनोद कुमार बस्नेत नेतृत्वको कमिटीको पदस्थापना सम्पन्न भएको हो । बर्ष २०२३÷२४ का अध्यक्ष ज्ञानहरी अर्यालले २०२४÷२५ का लागि अध्यक्षमा चयन भएका बस्नेतलाई पद हस्तान्तरण गरेका हुन् । रोटरी क्लबका डिजिई विनोद कोइरालाको प्रमुख आतिथ्यतामा भएको पदस्थापना कार्यक्रममा अध्यक्ष बस्नेतसहित पदाधिकारी र सदस्यहरुको समेत पदस्थापना गराइएको छ । जसमा प्रेसिडेण्ट इलेक्टमा रामस्वरुप श्रेष्ठ, प्रेसिडेण्ट नोमिनीमा रामहरी केसी, उपाध्यक्षमा सित्तलकाजी श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र कुवँर र सहसचिवमा पुष्कल अर्यालको पदस्थापना सम्पन्न भएको हो । त्यस्तै पि टिआरएफ चेयरमा कृष्ण प्रसाद ढकाल, एमजी चियर नकुल थापा, सर्भिस प्रोजेक्ट चियर आनन्द गुरुङ (काजी), पब्लिक इमेज चियर बद्रि पोखरेल, क्लब एडमिन चियर कमल पोखरेल, सर्जेण्ट अफ आर्म कृष्ण ढकाल तथा क्लब टूेनर पवन रमण खनालको समेत पदस्थापना गरिएको छ । उनिहरुलाई अध्यक्ष बस्नेतले सपथ खुवाएका हुन् । कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानहरी अर्यालले २०२३÷२४ मा सम्पन्न गरेका कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए । त्यस्तै वर्तमान अध्यक्ष बस्नेतले समेत आफ्नो कार्यकालमा सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी डिजिई कोइरालासहित, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, क्लबका एजी विश्व कर्माचार्य, संस्थापक अध्यक्ष सित्तलकाजी मास्के लगायतले मन्तब्य राखेका थिए ।