८२ जनामा स्कव टाईफसको संक्रमण
८२ जनामा स्कव टाईफसको संक्रमण
गोरखा ः जिल्लाका ८२ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार साउन महिनामा मात्र ८२ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको हो ।
सवैभन्दा वढी आरुघाट गाउँपालिकाकाको ४२ जना संक्रमण देखिएको छ । गोरखा नगरपालिकाको २०, पालुङटार नगरपालिकाको १८, भिमसेन थापा गाउँपालिकाको दुइ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९÷०८० मा मात्र १०८ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको थियो । गत आर्थिक बर्ष २०८०÷०८१ मा १६३ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक बर्ष पनि सवैभन्दा वढी आरुघाट गाउँपालिकाका ८५ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको थियो । गत आवमा गोरखा नगरपालिकाका ६२ जना, पालुङटार नगरपालिकाका १, सिरानचोक गाउँपालिकाका ४ तथा भिमसेन थापा गाउपालिकाका ११ जनामा स्क्रव टाईफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । स्क्रव टाइफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने आरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्द छ । माइट प्राय झाडी, खेतीवारी, वनजंगल, घर वरिपारीको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन र पछि गएर कालो दाग वस्नु स्क्रब टाइफसका लक्षण हुन् ।