मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा श्रेष्ठ
मनकामना क्षेत्र विकास समितिको अध्यक्षमा श्रेष्ठ
गोरखा ः मनकामना क्षेत्र विकास समितिको अध्यक्ष काजीबावु श्रेष्ठ नियुत्त भएका छन् ।
गण्डकी प्रदेश सरकारले मनकामना क्षेत्र विकास समिति गठन आदेश बनबाएर अध्यक्ष नियुत्त गरेको हो । अध्यक्षमा नियुत्त भएका श्रेष्ठ शहिद लखन–३ का हुन् । सहिद लखन गाउँपालिकाका अध्यक्ष, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख, जिल्ला मालपोत कार्यालय गोरखाका प्रमुख, मूल पुजारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गण्डकीको अर्थ मन्त्रालयका राजस्व हेर्ने प्रतिनिधि, उद्योग वाणिज्य संघ मनकामना इकाईका प्रमुख, गुठी व्यवस्थापन समितिका अध्यक्ष, सहिद लखन गाउँपालिका २ र ३ नम्बर वडाका वडाध्यक्ष पदेन सदस्य हुनेछन् । मनकामनाको विकास र संरक्षणमा योगदान पु¥याएका व्यक्तिमध्येबाट कम्तीमा १ जना महिलासहित ३ जनालाई मन्त्रालयले सिफारिस गर्ने प्रावधान राखिएको छ । त्यस्तै एकजना कार्यकारी निर्देशक रहनेछन् । उपसचिव सरहको पदमा नियुक्त हुने कार्यकारी निर्देशकले समितिको सदस्य सचिवका रुपमा काम गर्नेछन् । अब मन्दिरको व्यवस्थापन र सञ्चालन यसै समितिले गर्नेछ । भक्तजन, तीर्थयात्री तथा दर्शनार्थीबाट मन्दिरमा प्राप्त भएको दान दान्तव्य वा भेटी व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ भने समिति मातहत कोषको रहनेछ । भेटी, दानबाट संकलित रकम त्यसै कोषमा जम्मा गर्ने गरी सरकारले कानुन बनाएको छ ।