निशुल्क दन्त शिविरबाट तिन सय वढी लाभान्वित
निशुल्क दन्त शिविरबाट तिन सय वढी लाभान्वित
गोरखा ः रोटरी क्लव अफ गोरखाको आयोजनामा भएको ७ दिने निशुल्क दन्त शिविरबाट तिन सय भन्दा वढी लाभान्वित भएका छन् ।
क्लवको आयोजनामा साउन २१ गते देखि २७ गते सम्म शिविर भएको थियो । २१ देखि २४ गतेसम्म गोरखा नगरपालिका–१० छेवेटार आधारभुत स्वास्थ्य चौकीमा र २५ देखि २७ गतेसम्म शहिद लखन गाउँपालिका–५ आरसि भिलेजमा शिविर सन्चालन भएको क्लवका अध्यक्ष विनोद बस्नेतले बताए । शिविरबाट ३ सय ५० भन्दा बढीको स्कृनिङ भएकोमा २ सय ८० जनाको उपचार भएको उनले बताए । शिविरमा दाँत परिक्षणसहित दाँत निकाल्ने, सफा गर्ने, झर्ने तथा निशुल्क औषधी समेत वितरणगरिएको उनले बताए । रोटरी क्लव अफ गोरखा र डेन्टल भोलुन्टियरिङ्क टिम जर्मनीका प्राविधिक सहयोगमा शिविर संचालन गरिएको बस्नेले बताए ।