प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको वजेट ५ करोड ९५ लाख
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाको वजेट ५ करोड ९५ लाख
गोरखा ःचालु आर्थिक वर्ष २०८१÷०८२ मा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई गोरखा अन्तरगत ५ करोड ९५ लाख ११ हजारको वजेट कार्यन्वयन हुने भएको छ ।
सोमबार जिल्ला समन्वय समितिको भएको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा चक्लाबन्दीमा आधारित खेती अन्तरगत ४० लाख वजेट रहेको जानकारी गराइएको हो । चक्लावन्दीमा आधारीत खेती अन्तरगत ४ वटा कार्यक्रम हुने कार्यालयका सुचना अधिकारी रविन्द्र पौडेलले जानकारी दिए । त्यस्तै पुरानो चक्लाबन्दी कार्यक्रमको निरन्तरता तथा व्यवास्थापन सहयोग अन्तरगत ५ वटा कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । सिचाइ पुर्वधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम अन्तरगत ५२ वटा कार्यक्रम हुने छन् । उत्त कार्यक्रम अन्तरग १ करोड ३७ लाख ४० हजार वजेट विनियोजन भएको उनले बताए । प्रविधिक शिक्षालय साझेदारीमा व्यवसाय उत्पादन कार्यक्रम अन्तरगतको कार्यक्रम संचालनका लागि ६ लाख, सुन्तला जात फलफुल बगैचामा खाद्य तत्व सुक्ष्म तत्व व्यवस्थापन प्रदर्शनी १० वटा कार्यक्रमका लागि २ लाख ९८ हजार, बगैचा सुदृढिकरण कार्यक्रम अन्तरगत ८० हेक्टर क्षेत्रफलका लागि २० लाख ४० हजार वजेट छुट्टाइएको छ । स्वदेशी हाइब्रिड धान प्रदर्शन कार्यक्रम अन्तरगत १६ वटा कार्यक्रम कार्यन्वयनका लागि ३ लाख ४० हजार, चैते धान प्रवद्र्धन कार्यक्रम अन्तरगत ४० हेक्टरका लागि ३ लाख ४० हजार बजेट रहेको पौडेलले बताए । ५० प्रतिशत अनुदानमा उन्नत आलु विउ वितरण कार्यक्रम अन्तरगत १८ मेट्रीक टन वितरण गर्ने लक्ष्य रहेको पनि जानकारी गराइएको छ । उत्त कार्यक्रमका लागि ८ लाख ५७ हजार विनियोजन गरिएको छ । तरकारीको क्षेत्र विस्तार कार्यक्रम अन्तरगत २५ हेक्टरमा आलु लगाउनको लागि ४ लाख २५ हजार, ५० प्रतिशत अनुदानमा तरकारीको उन्नत हाइब्रिड विउ वितरण ४ वटा कार्यक्रममा ३ लाख ४० हजार, व्यवसायीक प्याज पवद्र्धन कार्यक्रम अन्तरगत ८ लाख ५० हजार विनियोजन गरिएको छ । स्थानीय तह संग समन्वयमा नर्सरी सोत केन्द्र स्थापना सुदृढिकरण कार्यक्रम ३ वटा स्थानिय तहमा हुने र ५ लाख १० हजार बजेट रहेको पैडेलले बताए । फलफुलका निजि नर्सरी शुद्धिकरण, जालि घर निर्माणमा सहयोगका लागि ८ लाख ५० हजार, सुन्तला जात फलफुलको नमुना बगैचा स्थापना कार्यक्रम १५ वटा कार्यक्रमका लागि २५ लाख ५० हजार, जोन क्षेत्रमा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकीकरण सहयोग अन्तरगत ३० लाख र सुपर जोन प्रभाब क्षेत्र फल विस्तार कार्यक्रम ९० हेक्टरमा गर्नका लागि ११ लाख ४० हजार विनियोजन भएको पैडेलले बताए । सोमबार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यन्वयन इकाई गोरखा, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष वर्ष वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेका हुन् ।