भदौ ३ गते चौथो गाईजात्रा रमाइलो मेला हुने
भदौ ३ गते चौथो गाईजात्रा रमाइलो मेला हुने
गोरखा ः भदौ ३ गते चौथो गाइजात्रा रमाइलो मेला २०८१ हुने भएको छ ।
लियो क्लव अफ गोरखाको आयोजनामा अनाथ, असहाय, अपाङ्गता, निम्न वर्गका व्यक्तिहरुका सहयोगका लागि रमाइलो गाईजात्रा मेला हुन लागेको हो । लियो क्लव अफ गोरखाको आयोजना तथा लाइन्स क्लव अफ गोरखाको समन्वयमा भदौ ३ गते रमाइलो मेला तथा विविध सास्कृतिक कार्यक्रम हुन लागेको हो । गोरखा नगरपालिका–६ संग्रहालयमा हुने मेलामा राष्ट्रिय गायक कुलेन्द्र विश्वकर्मा, हरेराम परियार, रायान बसेल, गायिका सुमिना गुरुङ, हास्यकलाकार दिपक थापा तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ । मेला संचालनका लागि ६ लाख खर्च लाग्ने अनुमान रहेको छ । मेलाबाट एक लाख ६५ वचत हुने अनुमान गरिएको छ । आयोजक लियो क्लवले मंगलबार पत्रकार सम्मेलन गरी मेलामा झाँकी प्रर्दशनी, लाखे नाच, धिमे बाजा, भेषभुषा प्रर्दशनी हुने जानकारी गराएको हो । लियो क्लव इन्टरनेसनल ३२५ जे नेपालका उपाध्यक्ष लियो बालकृष्ण परियारले मेलामा प्रवेशका लागि एक सय देखि एक हजार सम्म प्रबेश शुल्क रहेको जानकारी दिए । मेलाको पाँच सय देखि हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । संस्कृतिको जेगेर्ना गर्ने, आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई सहयोग गर्ने जिल्लामा रहेको ऐतिहासिक धरोहरको प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, शिक्षा र स्वास्थ्य सँग सम्वन्धित कार्यक्रम गर्ने लगायत क्लवको उदेश्य रहेको पनि जानकारी गराइएको थियो ।